इटहरीः नेकपा एमालेले रामधुनी नगरपालिकाको मेयरमा थारु समुदायका शंकरलाल चौधरीलाई उम्मेद्वार उठाउने भएको छ ।

चौधरी नेकपा एमालेका जिल्ला सदस्य तथा रामधुनी नगरकमिटी इन्चार्ज हुन् । त्यसैगरी नेकपा एमालेले रामधुनी नगरपालिकाको उपमेयरमा तारा थापालाई अघि सारेको छ । थापा अनेम संघ रामधुनी नगरकमिटीकी इन्चार्ज हुन् ।