इटहरीः नेकपा एमालेले धरान उपमहानगरको मेयरमा हालकी उपमेयर मञ्जु भण्डारीलाई अगाडी सारेको छ । नेकपा एमालेकी केन्द्रिय सदस्य समेत रहेकी युवा नेतृ भण्डारीले धरानका निकै प्रभावशाली नेताहरुलाई पछि पार्दै मेयरको टिकट पाउने दौडमा बाजी मारेकी हुन् ।
धरान उपमहानगरमा एमालले अर्का युवा नेता पदम इस्बो(लिम्बू) लाई उपमेयरको उम्मेदवार बनाएको छ । लिम्बू नेकपा एमाले सुनसरी जिल्ला कमिटीका सदस्य समेत हुन् । उनि पेशाले कानून व्यवसायी पनि हुन् ।