इलामः नेकपा एमाले इलामको कार्यालयमा उम्मेद्धारी छनौटमा असन्तुष्टी जनाउदै तालाबन्दी गरिएको छ । साँझ इलाम नगरपालिकामा मेयरमा एमाले नेता नरेन्द्रनाथ भट्टराईको नाम टुंगीएको भनेर सार्वजनिक भए संगै असन्तुष्ट पार्टीका युवाले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
मेयरमा सिफारिस भएका ब्यक्तिको बिषयमा छलफल नगरी भट्टराईलाई मेयरमा सिफारिस गरिएको भन्दै नेकपा एमाले नगर कमिटी अध्यक्ष तिलक ठकुरी सहित २२ जनाले सामुहिक राजीनामा दिएका छन् । एमालेबाट इलाम नगरपालिकाको मेयरका लागि भट्टराई संगै धिरेन चेम्जोङ, कृष्ण क्षेष्ठ लगायको नाम सिफारिस भएको थियो ।