इटहरीः ५ बर्षअघिको स्थानीय तह निर्वाचन हुनु अघि मेयर पदका लागि केन्द्रमा नाम सिफारिस भई काटिएका इटहरीका सक्षम तथा प्रभावशाली नेता रामप्रसाद चौलागाईलाई आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि एमालेले पाखा लगाएपछि उनले समाजिक संजालमार्फत चरम असन्तुष्टि व्यक्त गर्दै आफु बाँहुन भएकै कारण निकट पाउनबाट बञ्चित भएको दावी गरेका छन् ।

१० मिनेटको फरकमा दुई वटा फेसबुक स्टाटस लेख्दै इटहरी उपमहानगरबासीलाई स्वस्थ्य पिउने पानी विगत लामो समयदेखि खुवाउने इटहरी खानेपानी संस्थाको अध्यक्षको नेतृत्व गरिरहेका चौलागाईले पार्टीलाई प्रश्न गरेका छन्– ‘म बाँहुन कुलमा जन्मनु के मेरो अपराध हो, वा मेरा माता पितालाई के दण्ड दिऔं ?

277909071_705710917140917_190022680852915256_n

उनले फेसबुकमै थप लेखेका छन् इटहरीमा बाँहुन त्यो पनि रामप्रसाद चौलागाई कहिल्यै मेयर हुनु हुदैन् । इटहरीमा आप्रवासी जनजातीको जय होस् अब सदैब इटहरीमा म समेत क्षत्री बाँहुन एमालेहरु मुर्धावाद । उनले इटहरी पार्टीमा क्षेत्री बाँहुन ‘चुच्चे नाक’ के अन्यायी र शोसक वर्गमा पर्छ ? भन्ने स्टाटस पनि फेसबुकमा लेखेका छन् ।

उनले अर्को स्टाटसमा भनेका छन्–‘इटहरीमा क्षेत्री–बाँहुन मूर्धावाद, मूर्धावाद भन्दै नस्लवादी हो ? भन्ने गम्भिर प्रश्न नेतृत्वलाई गरेका छन् । उनको फेसबुक स्टाटसले नेकपा एमाले इटहरीमा तंरगले उत्पन्न गरेको छ । उनले यसअघि पनि नाक तथा जातकै कारण आफु टिकट पाउनबाट बञ्चित भएको र यसपालि पनि सोही कारणको शिकार भएको संकेत गरेका छन् ।

278991122_3038103539834595_5641646713805127874_n

मेयर पदमा उनको नाम केन्द्रमा सिफारिस गरेलगत्तै प्रदेश पोर्टदकर्मीले तपाईलाई पहिलाकै जस्तै केन्द्रमा नाम सिफारिस मात्र गरेर फेरी शिकार बनाउने हल्ला छ नि , त्यसै भयो भने के गर्नु हुन्छ भन्ने प्रश्न गर्दा उनले भनेका थिए–‘यसपालि त्यस्तो हुदैन नै भन्ने मेरो विश्वास छ । यदि यसपालि पनि त्यस्तो भए म विना प्रतिक्रिया बस्दिन । मेरो प्रतिक्रियाले एमाले पार्टीका उम्मेदवारले हार खाए त्यसको जिम्मेवारी मैले होइन्, पार्टीले लिनु पर्छ ।’

278725917_2144106572435843_1216011891304234010_n