इटहरीः नेकपा एमालेको केन्द्रिय कमिटि बैंठ्कले इटहरीका लागि मेयर तथा उपमेयरको उम्मेद्वारहरुको नाम घोषणा गरेको छ ।

एमाललेको केन्द्रि कमिटीको शनिवार साँझ सकिएको बैंठकले इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि यामकुमार सुब्बाको नाम घोषणा गरेको छ । सुब्बा पार्टीका इटहरी उपमहानगर कमिटीका अध्यक्ष समेत हुन् ।

त्यसैगरि उपमेयरमा थारु समुदायबाट संगीता चौधरीको नाम घोषणा गरेको छ । चौधरी अनेमसंघ इटहरीकी उप सचिव हुन् । उनि वडा नम्बर १५ निवासी हुन् । वडा नम्बर १५ का पार्टी इन्र्चाज शिबनारायण चौधरीकी धर्मपत्नी पनि हुन् ।

इटहरीको मेयर पदका लागि प्रदेश कमिटीले हालकी उपमेयर लक्ष्मि गौतम, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाई, तैयुब हुसेन र बन्नुलाल चौधरीको नाम सिफारिस गरेको थियो । हाल मेयर द्धारिकलाल चौधरीको नाम भने प्रदेश कमिटीबाटै काटिएको थियो । उपमेयरमा बिष्णु शर्मा नेपाल,गायत्री चौधरी , मिथिला शर्मा र रुकमणि कोइरालाको नाम केन्द्रमा सिफारिस गरिएको थियो ।