बिर्तामोडः एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा मेयरको टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले परित्याग गर्नेहरु बढेका छन् ।

एमालेको केन्द्रिय कमिटिले आज(शनिवार) साँझ महानगर, उपमहानगर र नगरपालिकाको मेयर तथा उपमेयर पदका उम्मेदवारहरुको नाम सार्वजनिक गरे लगत्तै स्थानीय तहका प्रभावशाली नेता रुपमा चिनिएकाहरुले धमाधम पार्टी परित्याग गरेको घोषणा सुरु गरेका हुन् । समाजिक सञ्जाल फेसबुक मार्फत पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको असन्तुष्ट नेताहरुले घोषणा गरेका हुन् ।

13263783_259808117707010_7062171029733735437_n

यहि ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले झापाको कनकाई नगरपालिकामा मेयरको टिकट हालका मेयर राजेन्द्र पोखरेललाई नै दिने निर्णय गरेपछि सोही नगरपालिका मेयर पदका शसक्त दावेदार मानिएका नेता श्याम ओलीले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनि चर्चित मोडल खुस्बु ओलीका बुबा हुन् । खुस्बु ३३ किलो सुन काण्डका नाईके गोरेकी गर्लफ्रेण्ड भएको उ बेला निकै चर्चामा आएकी थिइन् । खुस्बु बाउन्स चेंक मुद्धामा कारागारमा छिन् ।

उनि केपी ओलीका बिश्वासपात्रका रुपमा कनकाईभरी चर्चा कमाएका निकै प्रभावशाली नेता हुन् । झापामा असन्तुष्ट अन्य एमालेका नेताका अनुसार उम्मेदवारी नामावली दर्ता अवधि भित्र र निर्वाचन अघि धेरै नेताहरुले पार्टी परित्याग गर्ने तयारीमा लागेका छन् । यसअघि झापाको काकँडभिट्टाबाट मेचीनगरका मेयर पदका दावेदार डिल्ली घिमिरेले रुँदै एमाले परित्याग गरेको घोषणा गरेका थिए ।

278760213_2944869502478631_298425129169731469_n (2)