इटहरीः नेकपा एमालेले रामधुनी नगरपालिकाको एक देखि नौ नम्बर वडासम्म आफ्ना वडा अध्यक्षका उम्मेद्धवारहरुको टुगोँ लगाएको छ ।

प्रदेश पोर्टललाई प्राप्त जानकारी अनुसार पार्टीले वडा नम्बर एकमा रामकुमार चौधरी, वडा नम्बर दुईमा रामनारायण चौधरी , वडा नम्बर ३ मा बुधनारायण चौधरीको टिकट पक्का भएको छ ।

वडा नम्बर ४ मा कमल कार्की , वडा नम्बर ५ मा खेमराज पौडेल, वडा नम्बर ६ मा गयाराम राजधामी, वडा नम्बर ७ मा केशव गौतमले वडा अध्यक्षको टिकट पाएका छन् । त्यसैगरी नेकपा एमालेले रामधुनी नगरपालिकाको वडा नम्बर ८ मा सुरेन्द्र सिहं खवास र वडा नम्बर ९ मा योगेन्द्र खड्कालाई वडा अध्यक्षको उम्मेद्धवारको टिकट दिएको छ ।

चुनावी तालिका अनुसार टिकट पाएका उम्मेद्धवारहरुको आइतबार र सोमबार निर्वाचन आयोगमा मनोनयनको कार्यक्रम हुनेछ ।