इटहरीः धरान उप महानगरपालिका वडा न.४ बाट नेकपा एमालेबाट विजयी बनेका वडा अध्यक्ष मानबहादुर राई नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
राईलाई शनिवार नेकपा एकिकृत समाजवादीमा नेकपा एसका केन्द्रिय सदस्य जीवनराईले स्वागत गरेका छन् ।
शनिवारै वडा अध्यक्षबाट राजिनामा दिएका राई नेकपा एकिकृत समाजवादीबाट पुनः वडा नम्बर ४ मा उम्मेद्धवारी दिने तयारीमा रहेको बुभिएको छ । उपमहानगरको गठबन्धमा धरान ४ नेकपा एकिकृत समाजवादीको भागमा परेको छ ।