इनरुवाः नेकपा एमाले इनरुवा नगर कमिटीले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नगर कमिटीद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा कांग्रेसले भद्रगोल बनाएको इनरुवालाई सिँगार्ने उल्लेख छ ।

नगर कमिटी अध्यक्ष प्रेम पौडेलद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा २०७४को स्थानीय तहबाट निर्वाचित कांग्रेसका जनप्रतिनिधिले नगरवासीको हीतमा काम गर्न नसकेको आरोप लगाइएको छ ।

प्रतिवद्धता पत्रमा कांग्रेसका जनप्रतिनिधिले काम गर्न नसकेको भन्दै विकल्पका रुपमा आफ्नो पार्टीका उम्मेद्वारलाई अघि सार्न लागिएको उल्लेख छ ।

प्रतिवद्वता पत्रमा भनिएको छ , “अहिलेका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न सकेनन् । केवल कांग्रेसका जनप्रतिनिधिले एमालेको विगतको पूर्वाधार र बिकासलाई मात्र भँजायो । अनियमितता र करको ब्यापक दुरुपयोग भयो । हचुवाको भरमा कार्यक्रमहरु गरिए ।”

278788740_373219654708814_1363107293081655759_n

पत्रकार सम्मेलनमा बताइए अनुसार कांग्रेसका जनप्रतिनिधिले बिगारेको नगरलाई एमालेबाट निर्वाचित भई आउने जनप्रतिनिधिले सुधार्ने छन । नगरवासीको हीतलाई ध्यानमा राखी समग्र नगरको बिकासलाई प्राथमिकतामा राखिने छ ।

सार्वजनिक प्रतिवद्धता पत्रमा शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा वातावरण, कृषि तथा आर्थिक विकास, उद्योग व्यवसाय, सुशासन र सुरक्षाको क्षेत्रसँगै महिला बालबालिका तथा जेष्ठ नगारिक, रोजगारी, युवा विद्यार्थी तथा खेलकुद, सामाजिक उत्तरदायित्व, भौतिक पूर्वाधार निर्माण र सूचना तथा सञ्चारको क्षेत्रमा ठोस र प्रभावकारी काम गर्ने उल्लेख छ ।

पत्रकार सम्मेलनमा एमालेका नेता एवम मेयर पदका आकांक्षी खेमराज पोखरेलले पत्रकारहरुको प्रश्नको जवाफ दिएका थिए ।