विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले २०७४ सालमा जनप्रतिनिधि आएपछि नगरमा भएका कामहरुको विवरण शनिवार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । ५ वर्षमा भएका काममध्ये नगर प्रमुख शिवप्रसाद ढकालले मुख्य ४९ वटा काम सार्वजनिक गरेका हुन् । त्यसका साथै भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका कामहरु उनले सार्वजनिक गरेका हुन् ।
५ वर्षे कार्यकालमा कुनै नगरसभा सदस्य तथा कार्यपालिका सदस्यले असहमति जनाई नोट अफ डिसेन्ट लेख्ने वातावरण बन्न आफूले नदिएको उनको भनाइ थियो । नगर प्रमुख भएपछि जिम्मेवारी पूरा गर्ने क्रममा आग्रह– पूर्वाग्रह नराखी आफूले काम गरेको हुनाले कार्यसम्पादनमा आफूलाई कुनै दलबाट पनि बाधा नभएको हुनाले आफ्नो कार्यकाल स्मरणीय रहेको उनले उल्लेख गरे । चुनावमा गरिएका घोषणापत्रका ६४ बुँदामध्ये ४९ बुँदा कार्यान्वयनमा आएको र केही बुँदा प्राविधिक कारणले कार्यान्वयनमा समस्या भएको उनले जानकारी दिए ।
जनप्रतिनिधि आएपछि ३५ बेड क्षमताको नगर अस्पताल सञ्चालन हुनु, ४ वटा वडा कार्यालयको भवन निर्माण हुनु, ५ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनु, प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास हुनु, १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्रलाई ५० बिघा जग्गा उपलब्ध गराई तालीम केन्द्र निर्माणका लागि पहल गर्नु महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।
त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा ल्याउन समन्वय गर्नु, सुविधा सम्पन्न कृषि बजार भवन निर्माणका लागि शिलान्यास हुनु, कोल्ड स्टोर भवन निर्माणका लागि शिलान्यास हुनु, इन्द्रपुर रंगशाला निर्माणका लागि डीपीआर निर्माण भई पूर्वाधार निर्माण हुँदै गर्नु, सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउनुजस्ता महत्वपूर्ण काम गत ५ वर्षमा भएको नगरप्रमुख ढकालले जानकारी दिए ।
कोभिड संक्रमणको महामारीको समयमा संक्रमितलाई घरमै औषधी पुर्याउन सक्नु, अक्सिजनको अभाव हुन नदिनु, अस्पताल भर्नामा समन्वय गरी औषधोपचारमा कमी हुन नदिनु महत्वपूर्ण काम रहेको उनले बताए । हालसम्म नगरमा १ लाख ७७ हजार २ सय ४२ डोज कोभिडविरुद्धको खोप आएको र सो खोप नगरवासीलाई लगाइसकिएको पनि उनले जानकारी दिए ।
पछिल्लो ५ वर्षको अवधिमा १७७ किलोमिटर बाटोमा पेवल्स बिछ्याउने वा कालोपत्रे गर्ने काम भएको, १५३ किलोमिटर सडक एजिङ भएको तथा १३ किलोमिटर पक्की ड्रेन निर्माण भएको उनले जानकारी दिए ।
१८ प्रकारका कर छुट दिएको नगरले विभिन्न २४ शीर्षकमा कर उठाउने गरेको नगर प्रमुख ढकालको भनाइ छ ।
आर्थिक वर्ष ०७४/०७५ मा ९ करोड ७ लाख ९ हजार २ सय ४४ रुपैयाँ कर संकलन गरेको नगरले आर्थिक वर्ष ०७५/०७६ मा १५ करोड ८५ लाख, आर्थिक वर्ष ०७६/०७७ मा ७ करोड ७१ लाख, आर्थिक वर्ष ०७७/०७ मा ९ करोड ६५ लाख र चालु आर्थिक वर्षमा हालसम्म १० करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए ।
न्यायिक समितिमा परेका २ सय ५० वटा उजुरीमध्ये २ सय ७ वटा फछ्र्याेट भएको, ४० वटा फछ्र्योट हुन बाँकी रहेका र ३ वटा यथास्थितिमा रहेको उनले जानकारी दिए ।
पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका विषयमा भएका उपलब्धि उनले सो अवसरमा सार्वजनिक गरेका थिए ।
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, लेखा शाखा प्रमुख शेखर ढकाल, पशुपंक्षी शाखा प्रमुख जीवन चापागाईँलगायत उपस्थित थिए ।
यी हुन् नगरप्रमुख ढकालले बुँदागत रुपमा प्रस्तुत गरेका महत्वपूर्ण उपलब्धिहरुः
जनप्रतिनिधी पदवहाली भए पश्चात सुन्दरहरैँचा नगरपालिकामा ५ वर्षमा भएका मुख्य मुख्य केही कामहरुः
१. ३५ बेड क्षमता सहित ज्म्ग् लेबलको सुन्दरहरैँचा नगर अस्पताल सञ्चालनमा आएको ।
२. वडा नं. ३, ५, ९, ११ को वडा कार्यालय निर्माण गरिएको ।
३. वडा नं. ११, १०, ९, ८, ७ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भई सञ्चालनमा आएको ।
४. वडा नं. ४ र ६ मा स्वास्थ्य संस्था निर्माणाधिन अवस्थामा रहेको ।
५. वडा नं. २, ३, ५ र १२ मा सुविधा सम्पन्न ल्याब सहितको स्वास्थ्य सेवामा पूर्ण सूधार गरि सञ्चालनमा ल्याईएको ।
६. दीगो विकासको लक्ष्य र १५ औँ योजना अनुरुप आधारभूत स्वास्थ्य सेवा जनताको पहुँचयोग्य बनाउन सफल ।
७. सुन्दरहरैंचा नगरपालिका वडा नं. ११ मा प्रादेशिक सरुवा रोग अस्पतालको शिलन्यास ।
८. पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालय सहित विशेषज्ञ डाक्टरहरुको सेवा सञ्चालनमा ल्याउन समन्वय गरेको । साथै नगरपालिकाले अनुदान सहयोगमा एम्बुलेन्स हस्तान्तरण गर्न लागिएको ।
९. १ नं. प्रदेश प्रहरी तालिम केन्द्रलाई ५० विगाह जग्गा उपलब्ध गराई तालिम केन्द्र निर्माणका लागि पहल गरि हाल तालिम सञ्चालनमा ल्याईएको ।
१०. सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका लागि सलकपुरमा ४ विगाह ८ कठ्ठा जग्गा प्राप्त भई भवनको शिलन्यास कार्य सम्पन्न गरिएको र निर्माण कार्य समेत थालनीका लागि टेण्डर प्रकृयामा लगिएको ।
११. सुन्दरहरैँचा नगरपालिका वडा नंं ९ मा करिब १५ करोडको लगानिमा सुविधा सम्पन्न बुधबारे कृषि बजार भवन निर्माण शिलन्यास गरिएको ।
१३. सुन्दरहरैँचा नगरपालिका वडा नं. ७ मा कृषकहरुको उत्पादनलाई सुरक्षित साथ राख्नका लागि कोल्ड स्टोर निर्माणका लागि भवनको शिलन्यास ।
१४. कोभिड संक्रमण तथा लकडाउन अवधिमा नागरिकका घर घरमा औषधी तथा अक्सिजन शिलिण्डर सहित स्वास्थ्यकर्मी परिचालन गरिएको ।
१५. सुन्दरहरैँचामा खेल पूर्वाधार निर्माणका लागि करिब २७ करोडको लगानीमा इन्द्रपुर रंगशालाको म्एच् निर्माणको कार्य सम्पन्न भई भौतिक पूर्वाधार निर्माण हुदैँ ।
१६. २१ औँ शताब्दिमा शिक्षालाई प्रविधिसँग जोड्दै सबै सामुदायिक विद्यालयहरुमा इन्टरनेटको पहुँच पुगाईएको साथै आवश्यकताका आधारमा क्ष्ऋत् ल्याब समेत स्थापना गरिएको ।
१७. सुकुना माध्यमिक विद्यालयमा भौतिक पूर्वाधारको गुणस्तर चेकजाँच गर्ने कार्यका लागि ल्याब सेवा सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले आवश्यक सहयोग एवम् समन्वय गरेको ।
१८. यस क्षेत्रका किसानहरुलाई मध्यनजर गर्दै १ नं. प्रदेशमा नै माटो परिक्षण ल्याब नगर कार्यपालिकाको कार्यालयबाटै गर्ने कार्यको थालनी गरिएको ।
१९. करदाता सेवा कार्यालयको रुपमा रहेको कार्यालयलाई जग्गा प्राप्ती गरि आन्तरिक राजश्व कार्यालयको स्थापनाका लागि पहल थालिएको ।
२०. हसिना पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्नका लागि ७ करोडको योजना कार्यान्वयनको अवस्थामा रहेको ।
२१. शेषनारायण दिव्य धाम, बाघझोडा पर्यटकीय स्थल, नयाँ वृन्द्रावन गौशाला लगायतका पर्यटकीय पूर्वाधार निर्माणको कार्य चालु अवस्थामा रहेको ।
२२. साजिलाल माध्यमिक विद्यालय र सुकुना माध्यमिक विद्यालयमा प्राविधिक धारको अध्ययापनका लागि आवश्यक सहयोग एवम् समन्वय गरिएको ।
२३. सुकुना बहुमुखी क्याम्पसलाई शैक्षिक अनुसन्धान केन्द्रको रुपमा विकास गराईएको । भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाको उल्लेख्यनिय सहयोग एवम् सहभागिता रहेको ।
२४. वडा नं. १० मा म्एच् निर्माण गरि बौद्ध विहार निर्माण गरिएको साथै नगरका अन्य वडाहरुमा करिब ७ वटा बौद्ध विहार निर्माणका लागि नगरपालिकाले सहयोग गरेको ।
२५. नगरपालिका क्षेत्र भित्र आदिवासी जनजातीहरुको सांस्कृतिक सम्पदाको रुपमा आदिवासी जनजाती भवन निर्माण सम्पन्न गरिएको ।
२६. सतकविर तथा थारु समुदायको सामुदायिक भवन तथा सतकविर स्थल निर्माण गरिएको ।
२७. इसाई धर्मालम्बीहरुको लागि चर्च निर्माणका लागि आवश्यक सहयोग तथा समाधीस्थल निर्माणका लागि समेत नगरपालिकाले सहयोग गरेको ।
२८. नेवा समुदायको सामुदायिक भवन निर्माणका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गरि निर्माण कार्य अगाडी बढाईएको ।
२९. नगरका विभिन्न स्थानमा २३ वटा भन्दा बढी जेष्ठ नागरिक चौतारी निर्माण गरिएको ।
३०. जेष्ठ नागरिकहरुको सम्मान गर्दै जेष्ठ नागरिकको विभिन्न कार्यक्रमहरु गर्नका लागि ३ वटा जेष्ठ नागरिक भवन निर्माण गरिएको ।
३१. दलित समुदायको नगर कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरि शिलन्यास सम्पन्न गरिएको ।
३२. दलित समुदायका व्यतिmहरुलाई प्रविधी हस्तान्तरण तथा विभिन्न किसिमका सिलाई कटाई मेसिन हस्तान्तरण गरिएको ।
३३. नगर क्षेत्र भित्र रहेका करिब १०० भन्दा बढी भजन किर्तन समुहलाई माग गरे बमोजिमका भजन किर्तन सामाग्री (बाजा, गाजा) निशुल्क रुपमा हस्तान्तरण गरिएको ।
३४. न्यायीक समितीलाई आउने उजुरी तथा न्याय निरुपण कार्यका लागि सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा नमुना न्यायिक ईजलास निर्माण गरिएको ।
३५. नगरक्षेत्र भित्र रहेका सुरक्षा निकायहरुलाई इन्धन, सवारी साधन मर्मत तथा कार्यालय भवन निर्माणका लागि सहयोग गरेको ।