इटहरीः कोशी नदिको किनार भएर नेपाली तराई भु–भागसँगै हिडेको चुरे पहाडको दोहन भएको भन्दै त्यसको संरक्षण गर्न चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउण्डेसनले राजनितिक दवाव सिर्जना गर्ने भएको छ ।

चुरेको दोहन हुँदा त्यहाँ भएका जीवजनावर, चरा चुरुँगी सहित मानव जिवनमा समेत नकारात्मक असर गरेको भन्दै फाउण्डेसनले चुरेको संरक्षणका लागि सुनसरीका हरेक राजनितिक दलले आफ्नो चुनावी एजेण्डामा समेत यसलाई समेट्न आग्रह गर्ने भएको हो ।

फाउन्डेसनले हालै राष्ट्रिय परिषद् सम्पन्न गरेको छ भने चुरेलाई छोएर बसेका सम्पुर्ण जिल्लाहरुको जिल्ला समिति निर्माण गर्ने काम भइरहेको चुरे संरक्षण तथा पर्यटन प्रबद्र्धन फाउण्डेसन नेपालका अध्यक्ष युवराज लामाले बताए ।

चुरोको संरक्षणका साथै देवालय, नेशनल पार्क तथा अधिक पर्यटकिय संभावना बोकेका ठाउँहरुमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन अभियान संचालन गर्ने फाउण्डेसनको लक्ष्य रहेको अध्यक्ष लामाले प्रदेश पोर्टललाई बताए ।

करोड भन्दा बढि जनसंख्याको खानेपानीको स्रोत पनि चुरे नै रहेकाले यसको दोहन रोक्न नसके अवको ३० बर्षमा मरुभुमिमा परिणत हुने अवस्था आउने भएकाले अहिलेनै यसलाई अभियानको रुपमा लानुपर्ने अवस्था आएको लामाको भनाई थियो ।

120252146_2763165147233574_7110753022329873744_n

सरकारी तवरबाट चुरेको संरक्षण गर्न राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम रहेता पनि त्यसको प्रभावकारी कार्यन्वायन हुन नसकेको र सो कार्यक्रम र सर्वोच्च अदालतले २ पटकसम्म दिएको आदेशलाई स्थानिय सरकार र व्यावासयीहरुले वेवास्था गर्दा चुरेको दोहन नरोकिएकाले त्यसलाई खवरदारी गर्न समेत फाउण्डेसनको आवश्यकता भएको लामा बताउँछन् ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमलाई लक्षित गर्दै लामाले भने ‘यो कार्यक्रमको हरेक प्रदेशमा प्रादेशिक कार्यलय हुनुपर्छ । काठमाण्डौमा बसेर चुरेको संरक्षण हुन सक्दैन ।’
नदि जन्य पदार्थ निकाल्दा खोलाहरु दोहन भएको चोरी पैठारी जस्ता कामहरु नरोकिएका कारण यसलाई रोक्न र चुरे आफँैमा विशाल पहाड र पर्यटकिय गन्तव्य भएको हुनाले यसको संरक्षण गरेर आन्तरिक र छिमेकी देशका पर्यटकहरुलाई यहाँ भित्राएर पर्यटनको प्रवद्र्धन गर्न सकिने भएको हुँदा फाउण्डेसनले त्यसमा सघाउने उदेश्य लिएको चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउण्डेसनका केन्द्रिय परिषद् सदस्य तथा सुनसरी जिल्लाका संस्थापक अध्यक्ष रितेश श्रेष्ठले बताए  ।

सुनसरी जिल्लामा रहेका १२ वटै पालिकाका राजनितिक दललाई भेटेर चुरे संरक्षण सम्बन्धि निति आफ्नो घोषणापत्रमै समेटेर अगाडी बढ्न आफुहरुले आग्रह गर्ने फाउण्डेसनका सुनसरी जिल्ला उपाध्यक्ष तथा केन्द्रिय परिषद् सदस्य मिन कुमार मगरले प्रदेश पोर्टललाई बताए ।