गौरीगन्जः लामो समयदेखि झापाको गौरीगन्जका युवामाझ कृयाशिल भुपनारायण राजबंशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
उनलाई पार्टीको गौरीगन्ज स्थित कार्यालय उद्घाटनको अवसरमा पार्टी प्रवेस गराइएको हो । राजबन्सीलाई पार्टीका पोलिट्ब्युरो सदस्य भास्कर काफ्लेले स्वागत सहित पार्टी प्रवेस गराएका थिए ।
सो क्रममा उनीसगै १५० भन्दा बढीले पार्टी प्रवेस गरेका थिए। पार्टी प्रवेससगै राजबंशीलाई गौरीगन्ज गाउँ पालिकाको प्रमुख पदका प्रत्यासीको घोषणा गरिएको थियो।
पार्टी प्रवेस कार्यक्रममा पोलिट्ब्युरो सदस्य काफ्ले सहित प्रदेस कमिटी सदस्य भरतबाबू कार्की, प्रचार बिभाग प्रमुख तीर्थ सिग्देल र जिल्ला कार्यालय सदस्य टीका प्रसाईले बोलेका थिए ।