इटहरीः नेपाल कम्युनिष्ट पार्र्टी एमालेका रामधुनी सह–इन्चार्ज तथा वडा नम्बर ८ का वडा अध्यक्ष रुद्र बस्नेतले नेकपा एमाले बाट विद्रोह गरेका छन् ।

रामधुनी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा पार्टीको तर्फबाट रामधुनी नगरकमिटीको सह–इन्चार्ज समेत रहेका बस्नेतले सामाजिक संजाल फेसबुकबाट पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

बस्नेतले राजनितिक जिवनबाट विदा लिएको बताउँदै आफ्नो पद् त्यागेको बताएका हुन् । नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेको बस्नेत रामधुनीमा निकै खरो एमाले नेताको रुपमा स्थापित थिए । आज सम्म सहयोग गर्ने सम्पुर्णमा आभार व्यक्त गर्दै बस्नेत अव उप्रान्त आफु पार्टीमा नरहने बताएका छन् ।

स्थानीय चुनावले छोप्दै जाँदा धेरै दलका उम्मेद्धवारका आकांक्षी रहेको र सबेले टिकट पाउन सक्ने अवस्था नआएको हुँदा पार्टी त्याग गर्नेहरुको लस्कर रहेको बताइँदै आएको छ ।

नेकपा एमालेका जिल्ला उपसचिव राम कोइरालाले वडा नम्बर ८ र ९ को उम्मेद्धवारीको विषयमा छलफलै नभएको हुनाले उम्मेद्धवारीमा असन्तुष्टि भएको हुन नसक्ने बताए ।सामाजिक सञ्जालमा फेसबुकमा बस्नेतले हालेको स्टाटसले शुक्रबार विहानैबाट माहोललाई तताएको छ ।

अनेरास्ववियुका केन्द्रिय सचिव सुमन कार्कीले नेकपा एमालेबाट आफुहरु व्यक्तिबादी चरित्रका कारण विदा लिएको भन्दै जनसम्म एमालेमा व्यक्तिबादी चरित्र रहन्छ तव सम्म यस्ता योद्धाहरु विदा भइरहने विचार व्यक्त गरेका छन् । प्रदेश पोर्टलले बस्नेतसँग गरेको सम्पर्कको प्रयास भने सफल हुन सकेन ।