इटहरीः नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले प्रदेश गठबन्धनसँग सहमति भएका महानगर र उपमहानगरबाहेक प्रदेश एक भरी एकल चुनावी प्रतिस्पर्धा गर्ने भएको छ ।
पार्टीको प्रदेश एक कमिटिको चुनाव सम्बन्धमा निर्णय गर्न अख्तियारी पाएको कमिटीको शुक्रबार बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य केशव कुमार विष्टका अनुसार गठबन्धनसँग सहमति भइसकेका महानगर र उपमहानगर बाहेक प्रदेश एकका सम्पुर्ण स्थानीय तहमा पार्टीले आफ्नै हिसावले उम्मेद्धवारी दिने र चुनावी प्रतिस्पर्धामा होमिने निर्णय गरेको छ ।