इनरुवाः इनरुवा नगरपालिकामा लालकिल्लाका रुपमा परिचित रहदै आएको ३ नम्बर वडा र ६ नम्बर वडा मधेशाको चुनावी नतिजा फेरवदल गर्न यस पटक नेकपा एकिकृत समाजवादी निर्णायक हुने देखिएको छ ।

पञ्चायत कालदेखि वामपन्थीहरुले चुनाव जित्दै आएको इनरुवा ३ नम्बर वडा र इनरुवा ६ मधेशामा किल्ला भत्काउन लागेको नेपाली काग्रेसका लागि यसपटक नेकपा एमालेबाट अलग भएको नेकपा एस निर्णायक हुने भएको हो ।

नेपाली काग्रेसले सवै निर्वाचनमा नेकपा एमालेका उम्मेदवारसँग पराजय व्यहोर्दै आएकाले यस पटक नेकपा एमालेबाट अलग भएको नेकपा एकिकृत समाजवादीले चुनावमा उम्मेदवार उठाउने भएपछि लालकिल्ला जोगाउने र भत्काउने रस्साकस्सीमा समाजवादी निर्णायक हुने अवश्था रहेको छ ।

३ नम्बर वडा र ६ नम्बर वडा मधेशामा नेकपा एमालेलाई साथ सहयोग र समर्थन गर्दै आएका युवा पक्तीको जनमत नेकपा एकिकृत समाजवादीमा आवद्ध भएपछि एमालेलाई निर्वाचन फलामको च्युरा चपाए सरह हुने देखिन्छ ।

एमालेको स्थानिय राजनितीमा लागेका दर्जन बढी नेता कार्यकर्ताहरु नेकपा एसमा लागेपछि एमालेको आन्तरीक रणनितीबारेमा जानकार रहेका नेकपा एसका नेता कार्यकर्ताहरुको पत्तीले परम्परागत मतदातालाई आफनो प्रभावमा लैजाने अवश्थालाई रोक्न एमालेका लागी ठुलो चुनौती बनेको छ ।

नेकपा एकिकृत समाजवादीका केन्द्रिय परिषद सदस्य सागर तिम्सीनाका अनुसार यस पटकको निर्वाचनमा नेकपा एसबाट दुवै वडामा वडा अध्यक्ष, खुल्ला वडा सदस्य, महिला सदस्य र दलित महिलामा उम्मेदवार उठाएर वडावासीका माझमा जाने अन्तीम तयारीमा जुटेको छ ।

तिम्सीनाले पहिलो पटक मतदानमा गर्ने नयाँ पुस्ताका किशोर मतदाता र युवाहरुको ठुलो पक्ती नेकपा एसमा आवद्ध भएकाले पराम्परागत रुपमा मत दिदै आएका मतदातासमेत विभाजित भएको अवश्थामा आफुहरु यस पटक इनरुवाका दुईवटा वडामा निर्णायक शक्ती हुने दावी गरे ।

तिम्सीनाले सत्तारुढ चुनावी गठबन्धनमा नगरक्षेत्रको चुनावी तालमेलका लागि भएका बैठकमा सिट बाँडफाडका बिषयमा छलफल जारी रहेकाले सम्मानजनक तालमेलको सहमती नभएको अवश्थामा दुवै वडामा निर्णायक रुपमा उम्मेदवारी दिने तयारी गरिएको बताए ।

नेपाली काग्रेसले गठबन्धन नगरी चुनावमा उम्मेदवारी दिएको अवश्थामा नेकपा एसले काग्रेस र एमालेका परम्परागत मतदातालाई आर्कषित गर्ने गरि उम्मेदवारी दिएर चुनावी मैदानमा जाने तयारी गरेको तिम्सीनाले दावी गरे ।

यसैगरि दुवै वडामा यस पटक बाजी मार्ने दावी गर्दै आएका नेकपा एमाले र नेपाली काग्रेसका उम्मेदवारलाई टिकट वितरणपछि असन्तुष्ट कार्यकर्ताबाट अन्र्तघात हुने त्रास देखिएको छ ।

अधिल्लो निर्वाचनमा उम्मेदवारका आकाक्षी रहेका दावेदारले टिकट नपाएपछि एमाले र काग्रेसका आधिकारीक उम्मेदवार विरुद्ध असहयोग गरि अन्र्तघात गरेको आरोप प्रत्यारोप एक पक्षले अर्को पक्षलाई लगाउदै आएका छन ।

इनरुवा ६ मधेशामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न दौडमा रहेका आकाक्षीहरु बिच अधिल्लो निर्वाचनमा जस्तै यस पटकसमेत तिब्र प्रतिष्पर्धा देखिएको छ ।
आन्तरीक राजनितीमा दुई समुहमा विभाजित नेकपा एमालेका उम्मेदवारलाई असन्तुष्ट समुहले असयोग गरि अन्र्तघात हुने डर रहेको एमालेका कार्यकर्ताहरु बताउछन ।

नेपाली काग्रेसका तर्फबाट तिन कार्यकालदेखि ६ नम्बर वडा मधेशाका वडा सभापती रहेका सुमन थापा अधिल्लो निर्वाचनमा वडाअध्यक्ष पदका उम्मेदवार रहेका थिए ।
सभापती थापालाई व्यापारीक पुष्ठभुमी र सामाजिक समबन्ध कमजोर भएकाले एमालेसँगको प्रतिष्पर्धा ठुलो मत अन्तरले पराजित भोग्नु परेको आरोप काग्रेसका अगुवाहरुबाट आएको लाग्दै छ । थापाका समर्थकहरुले भने आफनै भित्रबाट अन्र्तघात भएको कारणले हार व्योहोर्नु परेको आरोप लगाउदै आएको छ ।

अधिल्लो निर्वाचन र यस पटकसमेत वडाअध्यक्षको दावेदार रहेका २ नम्बर क्षेत्रका सह–सचिव भैसकेका काग्रेसका नेता झलकराज खडकाका पक्षमा रहेका नेता कार्यकर्ताहरुले एमालेको किल्ला झत्काउने सशक्त उम्मेदवार रहेको दावी गर्दै आएका छन ।

दुई समुहमा विभाजित काग्रेसका कार्यकर्ताहरुले वाम किल्लामा लोकप्रियताको आधारमा जित हात पार्न सकिने निश्कर्ष निकाल्दै विपक्षी दलका बिचमा सवैले मन पराउने भएकाले झलक खडकालाई यस पटक उम्मेदवार बनाउन जिल्ला नेतृत्वलाई दवाव दिदै आएका छन ।

३ नम्बर वडामा उम्मेदवार बनेका नेकपा एमालेका कालुराम गुरुङलाई टिकट नपाएका असन्तुष्ट पक्षका नेता कार्यकर्ताको समुहले असहयोग गर्दै नेपाली काग्रेसका उम्मेदवारलाई जिताउन लागेको आरोप लाग्ने गरेको छ । गुरुङले अन्र्तघातको कारण झिनो मत अन्तरले चुनाव जितेका थिए ।

नेपाली काग्रेसका उम्मेदवार सितोषकुमार पोखरेललाई काग्रेसका असन्तुष्ट कार्यकर्ताहरुको समुहले असहयोग गरेका कारण पोखरेलले झिनो मत अन्तरले एमालेका उम्मेदवारसँग चुनावमा हार व्योहोर्नु परेको आरोप काग्रेसका एक पक्षका कार्यकर्ताहरुलाई लाग्दै आएको छ । अधिल्लो निर्वाचनको मत परिणामका कारण एक समुहले अर्को समुहलाई अविश्वास गर्दै आएको दुवै दलका उम्मेदवारहरुलाई यस पटकसमेत अन्र्तघात हुने अनुमान गरिएको छ ।