इटहरीः नेकपा एकिकृत समाजवादी इटहरी उपमहानगर कमिटीले आसन्न स्थानीय निकायको चुनावलाई लक्षित गर्दै प्रचार प्रसार, आर्थिक बिभाग र घोषणा पत्र तयारी समिती बनाएको छ ।

पार्टीको बिहिबार बसेको नगरकमिटीको बैठकले चुनाव लक्षित आर्थिक बिभाग प्रमुखमा पार्टीको इटहरी नगर कमिटी इन्चार्जको संयोजकत्वमा शैलेस विष्ट, सर्बेश आचार्य लगायतको कमिटी बनाइएको छ ।

प्रचार प्रसारमा अर्जुन उप्रेतीको नेतृत्वमा कमिटी बनाइएको छ । उता गठबन्धनमा घोषणापत्र तयारी समिति तथा पार्टीको प्रतिवद्धता पत्र निर्माण समितीमा डाक्टर दिवाकर रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको नेकपा एकिकृत समाजवादी इटहरीले जनाएको छ ।