इटहरीः रामधुनीको नमुना नगरबाल सञ्जालका अध्यक्ष सुगम झाले बुधबार यहाँका मुख्य राजनितिक दलका नेतालाई भेट्दै बालबालिकाको सवालमा संवेदनशिल हुन आग्रह गरेका छन् ।

यसै आर्थिक बर्षमा बालमैत्री नगरपालिकाको रुपमा घोषित भएको रामधुनी नगरपालिकालाई बालबालिकाको क्षेत्रमा संवेदनशिल बन्न र पार्टीको घोषणापत्र बनाउँदा बालबालिका लक्षित योजना र कार्यविधि तयार गर्न नगरबाल सञ्जालले माग गरेको छ ।

नमुना नगर बालसन्जालका अध्यक्ष सुगम झा र सचिव छविरमण दाहालले हस्ताक्षर गरिएको विज्ञप्ती तथा ध्यानाकर्षण पत्र नेकपा एमाले, नेकपा माओवादी, नेपाली कांग्रेस लगायत रामधुनीका सबै राजनितिक पार्टीका प्रतिनिधिलाई दिइएको सञ्जालका सचिव छविरमण दाहालले बताए ।

274543441_517782173124060_4513217651973809572_n

ध्यानाकर्षणमा बालबालिकाहरुले बालमैत्री नगरलाई निरन्तरता दिन राजनीतिक दलले घोषणापत्रमा समावेश गर्नुपर्ने, बालविवाहको अन्त्य तथा बालश्रम मुत्त नगरलाई निरन्तरता दिने साथै नगरस्तरिय बाल पुस्तकालय, बाल वाचनालय र स्तनपान कक्षको निर्माण गर्नुपर्ने माग राखेका छन् ।

त्यसैगरी बालबालिकालाई सुचना केन्द्र निर्माण गरी नगरपालिकालाई सुचनामैत्री बनाउन , नगरका विद्यालयहरुमा विज्ञान प्रयोगशालाको निर्माण गर्न माग गरेका छन् । त्यसैगरी नमुना नगरबाल सञ्जालका प्रतिनिधिहरुले भौतिक पुर्वाधारका विभिन्न संरचना निर्माण गर्दा बालमैत्री संरचना निर्माण गर्न, नगर तथा विद्यालयमा छात्रवृति कोष स्थापना गर्न पनि राजनिति पार्टीको ध्यान आकर्षित गरेका छन् ।

उनिहरुले असक्त , अपाँगता भएका बालबालिकालाई विशेष शिक्षामा जोड दिनुपर्ने, बार्षिक रुपमा बालमहोत्सव मनाउनु पर्ने , विज्ञान संकाय सहितको शिक्षा प्रदान गर्नुपर्ने र लागु पदार्थ दुव्र्यसनी तथा साइवर अपराधबाट जोगाउन अभियान चलाउनु पर्ने समेत राजनितिक दललाई आग्रह गरेका छन् ।

277951701_1010672826241032_1368784139380476116_n