इलामः नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कांग्रेसभित्रका केही झुन्डले गठबन्धन नचाहेको आरोप लगाए । खनालले नेकपा एस गठबन्धनको पक्षमा भएपनि कांग्रेसभित्र नै गठबन्धन स्विकार्न नसक्ने केही देखिएकाले केही ढिलाइएको भएको बताए ।

उनले गठबन्धन हुन नसकेपनि केही असर नपर्ने बताए । इलामको रोङ गाउँपालिकामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै खनालले बर्तमान समस्या समाधानको लागि राष्टिय एकताको आवस्यकता रहेको उल्लेख गरे ।

277827143_654992608932248_3877977278180338834_n

निर्वाचन क्षेत्र नम्बर १ इलाम अन्तर्गतको नेकपा (एकीकृत समाजवादी) रोङ गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य भाष्कर काफ्लेको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा प्रदेश नं १ पर्यटन मन्त्री खिनु लङ्वा लिम्बू, संविधान सभा सदस्यहरु द्वय सूर्यवाला राई र सकुन्तला लेप्चा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम पार्टीका पालिका अध्यक्ष शम्भु दाहालको अध्यक्षतामा भएको हो । स्थानीय निर्वाचनको मिति नजिकिएसंगै खनाल इलामका १० वटै पालिकामा कार्यकर्ता प्रशिक्षण कार्यमा व्यस्त छन् ।