इटहरीः नेपाली सेनाका जागिरे इटहरीका माधव पौडेलले ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी २०७९ मा राष्ट्रिय ललितकला पुरस्कार प्राप्त गरेका छन् ।

यहि बैशाख २ गते राजधानीमा सम्पन्न भएको एक कार्यक्रममा पौडेलले ढुँगाबाट बनाएको ‘आशाको दिप’ नामको मुर्तीले उक्त पुरस्कार पाएको हो । विगत एक दशक भन्दा लामो समयदेखि मुर्तीकलामा आवद्ध पोडेलले बनाएको आशाको दिपले २५ हजार नगद र कदरपत्र समेत दिलायो । ललितकला प्रतिष्ठानले आयोजना गरेको एक विशेष कार्यक्रमका विच उपराष्ट्रपति नन्दकिशोर पुनले उक्त पुरस्कार सहित सम्मान गरेका थिए ।

278417748_658181855479931_6509954594063736347_n

हरेक बर्ष देशभरीबाट कुदिँएका कलाहरुको आव्हान गर्ने र उत्कृष्ट छनौट गर्ने क्रममा आफुले कुँदेको मुर्ती आधुनिक मुर्ती तर्फको पुरस्कार पाएको पौडेलले प्रदेश पोर्टलसँग बताए ।
आधुनिक मुर्तीतर्फ पुरस्कार आफुसहित ३ जनाले पाएको पौडेलले बताए । ओखलढुगाँमा जन्मेका पौडेल केही बर्षदेखि इटहरीको आइतबारेमा बस्दै आएका छन् ।

उनले २०७३ मै प्रादेशिक लेवलको मुर्तीकलाको पुरस्कार जितिसकेका थिए । नेपाली सेनामा जागिर खाँदै बाँकी रहेको समयलाई सदुपयोग गरेर आफु कलाकारितामा खारिँदै गरेको माधव बताउँछन् । ललितकलाबाटै मुर्तीकलामा स्नातकोत्तर गर्दै गरेका पौडेल नेपाली सेनाबाट ललितकलामा उक्त विषय लिएर अध्ययन गर्ने पहिला र एक्ला व्यक्ति हुन् ।

नेपालमै सबैभन्दा पृथ्वी नारायण शाहको शालिक बनाउने कलाकारको रुपमा चिनिने पौडलले बनाएको पृथ्वी नारायण शाहको शालिक सगरमाथामा समेत नेपाली सेनाले पुर्याएको छ ।

278135364_519683456312199_2314651372443116693_n