इटहरीः बहालवाला जनप्रतिनिधिले पुनः उम्मेद्वार बन्न पदबाट राजीनामा दिनै पर्ने भएको छ ।
निर्वाचन आयोगले अघि सारेको आचारसंहिता विरुद्धको रिटमा फैसला गर्दै सर्बाेच्च अदालतले बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नै पर्ने सर्त अघि सार्दै निर्वाचन २०७९ को आचारसंहिताको विषयमा परेको रिट खारेज गरेको छ ।
जनप्रतिनिधिले फेरि चुनावमा उम्मेदवारी दिन राजीनामा दिनुपर्ने आचारसंहिताको व्यवस्थाविरूद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यष्क्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिट सर्वोच्चका न्यायाधीश तेजप्रसाद केसी र तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार खारेज गर्ने फैसला गरेको हो ।
आचारसंहिताको परिच्छेद ९ को धारा ३६ मा बहालवाला जनप्रतिनिधि, सरकारको पारिश्रमिक लिने व्यक्तिले राजीनामा दिनुपर्ने भन्ने उल्लेख छ ।
रिटको पहिल्यै सुनुवाई गरिएपनि त्यतिवेला भने सर्वोच्चले तत्काल कार्यन्वायन नगर्न भनेको थियो । कानुनी अप्ठेरो परेपछि निर्वाचन आयोगले सर्वोच्चको आदेशपछि राजीनामा नमाग्ने तर सरकारी सेवासुविधा भत्ता नलिएको स्वघोषणा गर्नुपर्ने जनाएको थियो ।