इटहरीः नेकपा माओवादी केन्द्र इटहरीले उपमहानगरको वडा नम्बर ५ मा सेमन्तराज खनाल सहित पाँच जनालाई वडा अध्यक्षको उम्मेद्धवार सिफारिस गरेको छ ।

वडा अध्यक्षको लागि सिफारिस हुने पाँच जनामा प्रदेश कमिटी सदस्य टिका प्रसाई, जिल्ला कमिटी सदस्य सुरेश सुवेदी , पार्टीकै वडा कमिटी अध्यक्ष राजकुमार राई र नगरकमिटी सदस्य राजकुमार आचार्यलाई वडा अध्यक्षको लागि सिफारिस गरिएको पार्टी स्रोतले जानकारी दिएको छ ।

गठबन्धनमा पनि वडा नम्बर ५ आफ्नो भागमा हुनुपर्ने बटमलाईन अगाडी सारेको पार्टीले गठबन्धनमा आफ्नो भाग नपरेको खण्डमा पनि मित्रवत रुपमा प्रतिस्पर्धा गर्न तयार रहेको बुभिएको छ ।

आफु इटहरी उपमहानगरको वडा नम्बर ५ को अध्यक्षमा निर्वाचित भए राज्यले वडा अध्यक्षबापत दिने कुने पनि सेवा सुविधा नलिने घोषणा सेमन्तराज खनालले गरिसेका छन् । उनले वडामा स्वस्थ जीवन यापन गर्न निःशुल्क ध्यान केन्द्र र ब्ययामशाला निर्माण गर्ने ,वडा स्वास्थ्य कार्यलयलाई स्तर उन्नती गरि न्यूनतम १० बेडको स्वास्थ्य कार्यलय बनाइने बताएको छन् । वडामा शिक्षाका लागी प्राविधिक शिक्षालय सञ्चालन गर्ने र सरकारी स्कूल हरुमा अँग्रेजी र नेपाली दुवै मिडियममा कक्षा १२ सम्म निःशुल्क शिक्षा को ब्यबस्था गर्ने घोषणा समेत गरेका छन् ।

खनालले इटहरी वडा ५ का अतिक्रमित सरकारी जमिनको खोजी गरि सरकारको माताहतमा ल्याउने र जनता बस्तिका बास्तबिक सुकुम्वासीहरुलाइ जग्गा उपलब्ध गराइ जग्गा धनि प्रमाण पत्र उपलब्ध गराउन सक्दो पहल गर्ने बताएका छन् । धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्ने र इटहरी ५ लाई आवासीय औद्योगिक तथा खेती गर्ने जमिनको यकिन गरि छुट्टै कानुन निर्माण गरि सोहि अनुसार राजस्व र कर प्रणाली लागु गर्ने प्रतिवद्धता आफु उम्मेद्धवार सिफारिस हुनु पुर्वनै खनालले सार्वजनिक गरेका छन् ।

ब्यबसायीक कर साना उद्योग सन्चालन कर अहिलेको तुलनामा ५०प्रतिशत कम गरिने र स्वास्थ्यका लागी खेलकुद नारा बनाउने स्थानीय रैथाने खेलकुदको प्रवद्धन गर्ने समेत आफ्नो प्रतिवद्धता खनालले सार्वजनिक गरेका छन् । उनले वडा स्तरिय राजनितीक संयन्त्र बनाउने र विकास निर्माणमा साझेदारी पहल गर्ने बताएका छने भने भित्रि मेन बाटोहरुको साइडमा रुख हरु रोप्ने र सडकमा सडक बत्ति सोलारको प्रयोग गर्ने सपना सार्वजनिक गरेका छन् ।

खनालले खाना पकाउन बिजुलीको चुल्हो प्रयोग गर्ने परिवारलाई ३० प्रतिशत विद्युत महशुल छुट दिन समेत पहल गर्ने,ज्ञान तथा शिपमुलक छोटा अबधिका तामिल निःशुल्क सन्चालन गरि दक्ष जनशक्ति उत्पादन गर्ने बताएका छन् भने वडाको विकासका लागि गुरुयोजना निर्माण गरेर युवालाई विदेश जान रोक्न बिभिन्न कार्यक्रमहरु संचालन गर्ने समेत आफ्नो घोषणा रहेको प्रदेश पोर्टलसँग बताए । खनालले इटहरी स्थित नरबहादुर प्राविधिक शिक्षालयका रोजगारी गरिरहेका वडाबासी हुन् ।