इटहरीः सुनसरीको इटहरीमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको निर्वाचन परिचालन कमिटीको कार्यलय उद्घाटन गरिएको छ ।
नेकपा एसका प्रदेश एक कमिटीका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले शनिवार इटहरीको नेशनल गल्लि नजिकै रिवन काटेर निर्वाचन परिचालन कमिटीको कार्यलय उद्घाटन गरेका छन् ।
पार्टीका केन्द्रिय सदस्य केशव कुमार बिष्टको सहितका नेताले निर्वाचन परिचालन कमिटीको कार्यलय उद्घाटन पछि सुनसरीको इटहरीमा आफुहरुको जित पक्का रहेको बताएका थिए ।
कार्यालय उद्घाटन पछि भएको औपचारिक कार्यक्रममा बोल्दै पार्टीको इटहरी नगरकमिटीका इन्चार्ज केवल प्रसाद फुयाँलले इटहरीमा पाँच दलिय गठबन्धनको सम्बाद सकारात्मक रहेको टिप्पणी गरे ।
साँझा सहमति र सहअस्तित्वका आधारमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन हुन नसक्दा सामन्दवादी प्रवृति हस्तान्तरण हुँदै आएको र त्यहि प्रवृतिका विरुद्ध गरिएको गठबन्धन भएकाले यो ऐतिहासिक गठबन्धन भएको फुयाँलले बताए । पाँच दलिय गठबन्धन एउटा आन्दोलन पनि भएको बताउँदै प्रध्यापक समेत रहेको फुयाँलले यहि आन्दोलनले व्यक्तिगत मनोवैज्ञानिक खराव प्रवृतिसम्म प्रगेलेर स्वच्छ समाज निर्माण र देशको आर्थिक समृदि, सामाजिक न्याय हुँदै समतामुलक समाज निर्माण गर्न पृष्टभुमि तयार हुने विचार राखे ।
‘गठबन्धनले गरेको निर्णयमा कुनै मतभेद नराखि सबै पार्टी निर्वाचनमा होमिने सहमति भएको छ । किन भने २००७ साल २०४६ साल ०६२÷०६३ सालको आन्दोलन पनि दलहरुसँग मिलेर गरेका थिए र त्यो पनि राजनितिक उपलव्धि नै थियो यो गठबन्धन चाँही देशको अवस्था सुधार्न गलत प्रवृतिको विरोध गर्न भएको हो । ’ फुयाँले पछि थपे ।
पार्टी नेतृत्वले गर्ने निर्णय स्वीकार गर्नुपर्ने बताउँदै उनले समाजवादीले पनि त्यसलाई अक्षरस पालना गर्ने बताए । इटहरी उपमहानगरको नेतृत्व नेकपा एसले पाउनु पर्छ भन्ने मान्यता राखेर स्थानीय जिल्ला र प्रदेश हुँदै केन्द्र सम्मै लिखित रुपमै पठाइसकिएकाले इटहरीमा मेयरको दावी नेकपा एसको रहेको फुयाँलको भनाई थियो ।
कार्यक्रममा बोल्दै इटहरी सह–इन्चार्ज रमेश खत्रीले गठबन्धन सकारात्मक रहेको र अव चुनावमा जनतामाझ पार्टीको धारणा सहित जानु पर्ने र निर्वाचन आयोगले लगाएको आचारसंहिताको अक्षरस पालना गरेर अगाडी बढ्नुपर्ने बताए ।
यसैगरी पार्टीका इटहरी नगरकमिटीका अध्यक्ष एंव निर्वाचन परिचालक कमिटीका सचिव गणेश बुढाथोकिले इटहरीमा पार्टीको अवस्था राम्रो रहेको बताउँदै पार्टी पंत्तिलाई चुनावी प्रचार प्रसारमा खटिन र जीत सुरक्षित गर्न आग्रह गरेका थिए । कार्यक्रममा प्रदेश कमिटिका तारा पोखरेलले बाम गढ इटहरीमा गठबन्धन र नेकपा एसलाई जिताउन तर्फ लाग्नु पर्ने बताए ।
नेकपा एकिकृत समाजवादीले इटहरीको मेयरमा आफ्नो दावी प्रस्तुत गरिरहेको छ भने जिल्ला र प्रदेश कमिटी सम्म इटहरीको नेतृत्व नेकपा एसले पाउनुपर्नेमा नेतृत्व सकारात्मक रहेको बताइएको छ ।