बराहक्षेत्रः मादक पदार्थ सेवन गरि कार्यक्रम बिथोल्न खोजेको आरोपमा एमालेबाट निर्वाचित धरान उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष आशाकुमार श्रेष्ठलाई प्रहरीले प्रकाउ गरेको छ ।
अध्यक्ष श्रेष्ठले धरानमा राष्ट्रिय प्रजातन्त्र पार्टी वडा नम्बर ३ कार्यसमितिको वडाध्यक्ष तथा सदस्यहरुको उम्मेदवारी घोषणा कार्यक्रम स्थलमा पुगेर होहल्ला गरेका थिए ।
मातेर राप्रपाको कार्यक्रम स्थलमा पुगेका वडाध्यक्ष श्रेष्ठले आफ्नो इलाकामा राप्रपाले कार्यक्रम अनुमति नलिई गरेको भन्दै जथाभाबी बोल्न थालेपछि अवस्था असामान्य बन्न पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय ‘ख’ अध्यक्ष जुद्द लोहनीले जानकारी दिए । ‘हामी छलफल गरिरहेका थियौं, लोहनीले भने, हाम्रो माहोल देखेर वडाधक्ष्यलाई सहन गाह्रो भयो, अनि रक्सी खाएर आउनुभयो र तथानाम अपशब्दसहित गाली गर्न थाल्नुभयो ।’
आफूहरु सौहार्दपूर्ण रूपमा छलफल गरिरहँदा पनि ‘कसले के गर्छ ?’भन्दै वडाअध्यक्षले थर्काएर दादागिरी देखाएँ, उनले भनें । अपशब्दसहित अध्यक्ष श्रेष्ठले राप्रपाका नेताहरुलाई हातपातको कोसिस समेत गरेको बताइएको छ । वडा नम्बर ३ स्थित गौधारामा भइरहेको राप्रपाको सो छलफलमा साझको ६ बजेतिर घट्ना घटेको थियो ।
यसैबीच इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले भने मादक पदार्थ सेवन गरि राप्रपाको कार्यक्रम बिथोलेपछी अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिईएको बताएका छन् । डिएसपी श्रेष्ठले भोलि आज इप्रकाको कार्यालयमै राखी भोलि छलफलपश्चात् अन्य प्रक्रिया अगाडि बढाइने प्रदेशपोर्टलसँगको कुराकानीमा बताए ।
अध्यक्ष श्रेष्ठले ‘म यहाँको अध्यक्ष हुँ, मतवालीको छोरो हुँ मैले रक्सी खान नपाउनु ?’ भनेजस्ता वाक्य प्रयोग गरेको भिडियोमा देख्न पाइन्छ ।