इटहरीः नेकपा एमालेमा आवद्ध ४५ जना युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । युवा संघ जिल्ला कमिटि सुनसरीका विकास कठायतको नेतृत्वमा एमालेका ४५ जना युवा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
शुक्रबार माओवादी केन्द्र इटहरीको निर्वाचन परिचालक कमिटिको बैठकमा पार्टीका प्रदेश कमिटी उपाध्यक्ष शिव डाँगीले नव प्रवेशी ४५ जना युवालाई अविर लगाएर पार्टीमा स्वागत गरे । नेकपा माओवादीमा प्रवेश गर्दै युवाहरुले एमालेले देशको मुद्धा बिर्सिएका कारण नेकपा माओवादीमा प्रवेश गरेको बताएका थिए ।
नेकपा एमालेको बिभिन्न संगठनमा आवद्ध रविन शर्मा, विशाल धमला, जोन राई, क्रिटो राई , विपिन भुजेल, प्रशान्त चौधरी, रितेश चौधरी, विशाल चौधरी, छवि डाँगी, विशेष तामाङ्ग, नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
यसैगरी पार्टी प्रवेश गर्ने अन्यमा अंकित चौधरी, पप्पे भुजेल, रिकेश गुराँगाई, एल्सन राई, आयुष गुराँगाई, योगेश राई, प्रविण मास्के, आयुष अधिकारी लगायत रहेको नेकपा माओवादी केन्द्र इटहरी नगरकमिटी सह सचिव सुशिला उप्रेतीले जानकारी दिइन् ।
माओवादी केन्द इटहरीको विस्तारित बैंठक सकियो
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इटहरी कमाण्डको विस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ ।
यही बैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरी निर्वाचन परिचालन समितिको कार्यालयमा बसेको बैठकले बैशाख ५ गतेभित्र १ वडा अध्यक्षसहित ४ जना वडा सदस्यहरुको नाम सिफारिस गर्न वडा पार्टी कमिटिहरुलाई निर्देशन दिएको छ ।
इटहरी कमाण्ड प्रमुख एवम् पार्टीका १ नम्बर प्रदेश कमिटि उपाध्यक्ष शिवकुमार डाँगीले यही वैशाख ५ गतेभित्र वडा पदाधिकारी र सदस्यहरुको नाम सिफारिस गर्न निर्देशन दिए । उमेदवार सिफारिस गर्दा पार्टीले अंगिकार गरेको समावेशी सिद्धान्तलाई आत्मसात गर्दै सामाजिक क्षेत्रमा लोकप्रिय र वरिष्ठ कमरेडहरुलाई प्राथमिकता दिनु पर्नेछ उपाध्यक्ष डाँगीले भने ।
डाँगीले गठबन्धनको पालिका स्तरीय बैठकहरुले सकरात्मक मोड लिदै गएको पनि बताए । डाँगीका अनुसार प्रदेश १ मा लिम्बूवान पार्टीसँग पनि मोर्चाबन्दी हुने सम्भावना छ ।
त्यसैगरी, इटहरी उपमहानगर कमिटिका इन्चार्ज एवम् प्रदेश कमिटि सदस्य मदन चुडालले युवा भेला, महिला भेला, मोर्चा संगठनहरुको भेला, पार्टीका सेल कमिटिहरुको बैठक बसाउन निर्देशन दिएका छन् ।पार्टीका नगर कमिटि अध्यक्ष बहादुरसिंह तामाङ्गले विस्तारित बैठकको संचालन गरेका थिए ।
यसैगरी, इटहरी ६ नम्बर वडा निर्वाचन परिचालन समितिको बैठक बसी निर्वाचन परिचालन समिति विस्तार गरेको छ । विस्तारित समितिको संयोजकमा कृष्णप्रसाद सापकोटा र सहसंयोजकमा राजकुमार राई चयन भएका छन् । वडा इन्चार्ज जगदिश सापकोटाको प्रमुख आतिथ्यतामा बसेको बैठकले उनीहरुलाई सर्वसम्मत संयोजक र सहसंयोजमा चयन गरेको हो । इन्चार्ज सापकोटाकाअनुसार आइतबार निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गरिनेछ ।