इटहरीः नेकपा एकिकृत समाजवादी पार्टीले इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को नेतृत्वका लागि डा.खगेन्द्र ओली सहित ४ जनाको नाम सिफारिस गरेको छ ।
स्थानीय तहको चुनाव नजिकिँदै जाँदा पार्टीले वडा नम्बर ४ का लागि पार्टीका वडा नम्बर ४ अध्यक्ष झलक वन, इटहरी सह इन्चार्ज रमेश खत्री, होमियोप्याथिक डाक्टर खगेन्द्र ओली र मनकुमारी राईको नाम सिफारिस गरेको हो ।
गठबन्धन हुने हुँदा कुन वडा कसको भागमा पर्ने भन्ने टुँगो लागिनसकेको भएता पनि पार्टीले हरेक वडाबाट आफ्नो सम्भावित उम्मेद्धवारहरुको नाम सिफारिस गरिसकेको छन् ।
इटहरी वडा नम्बर ४ को लागि पार्टीबाट सिफारिस भएका डाक्टर खगेन्द्र ओलीले आफुलाई वडा नम्बर ४ का जनताले वडा अध्यक्षमा जिताए किड्नी, मुटु रोग र क्यान्सर रोगबाट कसैलाई मर्न नदिने दावी गरेका छन् । पहिल्यै सबै वडा बासिको स्क्रिनिङ्ग गर्ने र तुरन्त उपचारको लागि सिफारिस गर्ने ओलीले बताए । अहिले बहुसंख्यक नेपालीको मृत्युको कारण यीनै तीनवटा रोग भएकाले किड्नी, मुटु र क्यान्सर रोगलाई परास्त गर्न आफु सक्षम हुने ओलीको भनाई छ ।
प्रदेश पोर्टलसँगको संक्षिप्त कुराकानीमा ओलीले उम्मेद्धवारी गठबन्धनबाट आफ्नो पार्टीलाई वडा नम्बर ४ को टिकट मिले जित्ने उद्घोष समेत गरे । यस्तो बेला कसैले यो गरेर त्यो गरेन भनेर कुरा काट्ने भन्दा नयाँ प्रकारको विकास लक्ष्य लिने बताए ।
अहिले जनताले व्यक्तिको व्यत्तित्व र प्रभाव समेत मुल्याँकन गर्ने भएकाले जिम्मेवारी पाए खोला नाला बार्ने र गेट बनाउने भन्दा फरक ढंगले विकासका कामहरु गरेर देखाउन नेकपा एसले वडा नम्बर ४ को दावी गरेको ओलीले बताएका छन् ।
विकास भनेको जनता र जनताको जनविविकासँग जोडिनु पर्ने र जनताको आर्थिक अवस्था समेत उक्सिनुपर्ने भएकाले टोल टोलमा गेट बन्नु विकास नभएको यी युवा डाक्टरको भनाई छ ।
“अरुले गरेको कामलाई आलोचना गर्ने भन्दा पनि राम्रो तरिकाले जनजिविकासँग जाडेर काम गर्ने नेकपा एकिकृत समाजवादिको योजना हो । हामी जे गर्छौँ जनताको लागि गर्छौँ । ” उनले पछि थपे ।