इटहरीः धरान –भेडेटार सडक खण्डको देवीथान सडक खण्डमा शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

धरानबाट भेडेटार तर्फ गइरहेको को १ ख ४४८० नम्बर को बसले को २ ह ७०४१ नम्बरको टेम्पोलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा पनि टेम्पो चालक धरान १७ का खड्ग कामी घटना स्थरमै मृत्यु भएको छ भने टेम्पोमा सवार ताप्लेजुङ्ग जिल्लाको लिखु गाउँपालिका २ कि १५ बर्षीया उषा लिम्बु घाइते भएकी छन् । घाइते लिम्बुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

278191971_681683126410727_8359376153766596281_n 278184766_2228377190644262_1532937591088180034_n