इटहरीः प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश एकले नाम पाउने आशा व्यक्त गर्दै नयाँ बर्ष २०७९ को शुभकामना व्यक्त गरेका छन् ।

बिहीबार प्रदेशबासीका नाममा शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री राईले यो बर्ष प्रदेश र संघीय संसदको कार्यकाल समेत समाप्त हुने र प्रदेश सभाको अन्तिम कार्यकालको बर्ष भएको हुनाले यसै बर्षमा प्रदेश नामाकरणको मुद्धाले समेत किराना पाउने विश्वास व्यक्त गरेका हुन् ।

मुख्यमन्त्रीले देश र विदेशमा रहेका सम्पुर्ण प्रदेश वासिमा शुभकामना व्यक्त गर्दै वर्षको सुरुवाती महिना बैशाखमा मुलुकभरका स्थानीय तहमा एकै पटक निर्वाचन सम्पन्न हुन गइरहेको र आवधिक रूपमा जनताको अभिमत संकलन गर्ने र यसकै आधारमा राज्य व्यवस्था सञ्चालन हुने भएकाले निर्वाचनलाई लोकतन्त्रको प्राणवायु पनि भएकाले सोहीअनुसार हुने निर्वाचनले राज्यव्यवस्था र यसका सञ्चालकलाई सामाजिक स्वीकृति प्रदान गर्ने बताएका छन् । मुख्यमन्त्रीले यसै वर्ष हुने सबै तहका निर्वाचन हुने भएकाले सफलताको शुभकामना व्यक्त समेत व्यक्त गरेका छन् ।

हामी प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा विगत चार वर्ष कसरी व्यतित भए सिंहावलोकन गर्दै अब बाँकी समय कसरी उपलब्धीमूलक बनाउने भन्ने एउटा चुनौतीपूर्ण अवस्थामा पनि छौं भन्दै मुख्यमन्त्रीले प्रदेश नं. १ को नामकरण गर्न थाती रहेको सन्दर्भमा अबका दिनमा प्रदेश सभाको प्रमुख राजनीतिक दल यस कार्यमा सक्रियताका साथ प्रस्तुत हुने अपेक्षा गरेको गरेका छन् ।

“ प्रदेश सभामा रहेका मुख्य राजनीतिक दलहरूको सहयोग, समर्थन र खुल्ला प्रयास भएको अवस्थामा प्रदेश नं १ को नामकरण यसै वर्षमा टुंगिने विश्वास पनि व्यक्त गर्दछु ।” मुख्यमन्त्री द्धारा जारी शुभकामना वक्तव्यमा भनिएको छ ।

एउटा विशिष्ट परिस्थितिमा हामी सरकार सञ्चालन गर्न आइपुगेको बताउँदै मुख्यमन्त्रीले शान्ति, स्थिरता, सुशासनका लागि दिइएको जनमत खण्डित हुँदा एक अलग परिस्थितिमा सरकार सञ्चालन गर्नुपरेको र हाम्रा लागि २०७८ साल कोरोना महामारी र त्यसको संक्रमणका कारणले केही सुखद हुन नसकेको बताइएको छ ।

साधन स्रोतलाई कोरोना संक्रमण रोकथाम र व्यवस्थापनमा केन्द्रित गर्दा नियमित काम कारवाही केही हदसम्म प्रभावित भएको भएपनि सीमित साधन स्रोतका बाबजुद पनि सरकार जनताको अपेक्षा पूरा गर्न प्रयासरत रहेको शुभकामना वक्तव्यमा बताइएको छ ।