दानाबारीः नेकपा एकिकृत समाजवादीका सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओलीबाट पटक पटक संविधान विरोधी काम गरेको र दक्षिणपन्थि अवसरवादमा भासिएकाले आफुहरुले सो पार्टीबाट विद्रोह गरेको बताएका छन् ।

एमालेको अहिलको नेतृत्वमा रहेका केपी ओली संविधान धुजाधुजा बनाउन लाग्ने र पार्टीलाई क्रान्तिकारी रुपान्तरणमा लाने भन्दापनि दक्षिणपन्थि अवसरवादमा भासिएकाले विद्रोह गरि एकिकृत समाजवादी पार्टी गठन गरेको बताए । खनालले गठबन्धन दलका नेता कार्यकर्ताहरुलाई उदार भएर चुनाव लड्न आग्रह पनि गरेका छन् ।

आफ्नो निर्बाचन क्षेत्र इलाम क्षेत्र नम्बर १ को माई नगरपालिकामा कार्यकर्ता भेलामा प्रशिक्षण दिर्दै खनालले संबिधान, लोकतन्त्र र सुशासन बिरोधी तथा अस्थिरता पक्षलाई हराउन गठबन्धनमा एकिकृत पार्टी समेत उदार हुने धारणा राखे ।

नेता खनालले एमालेलाई संकेत गदै भष्ट, अवसरवादी र गुटमा रुमलिएको समुहमा आफु बस्न नसकेको भन्दैै इलाम जिल्ला लाल किल्ला बनाउन सबै कम्यिुनिष्ट कार्यकर्ताहरु एकिकृत समाजवादीमा आवद्ध हुन आग्रह गरे ।

खनालले एमालेबाट निर्बाचित माई नगरपालिका लगायत इलामका स्थानीय तहका जनप्रतिनिधि र अन्य नेता कार्यकर्ताहरु एमालेमै रही गलत बाटो समाई रहेको टिप्पणी गरे। खनालले एमालेमा रही बाटो भुलेको नेता कार्यकर्तालाई गल्ती महसुस गरी एकिकृत समाजवादीमा आउन आग्रह गरे। उनले गलत बाटो भुलेर आफ्नो पार्टीमा आए माफी दिदै पार्टीको जिम्मेवारी दिने बताए ।

अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै खनालले स्थानीय तह निर्बाचन लगतै माईवासीलाई धनीपुर्जा समेत बितरण गरिने बताए । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी एकिकृत समाजवादीमा प्रवेश गरेका छन । खनाल मंगलवारबाटै माई नगरपालिकामा कार्यकर्ता संगको भेटघाटमा रहेका थिए ।

कार्यक्रममा विशेष अतिथि प्रदेश नम्बर १ पर्यटन मन्त्री खीनु लङवा, संविधान सभा सदस्य सूर्य बाला राई, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष भक्त केसी लगायतले गठबन्धन मार्फत देशलाई सहि दिशामा लाने बताएका थिए । एकिकृत समाजवादी माईका अध्यक्ष अनिल तामाङको अध्यक्षता र सुक बहादुर राईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।