विराटनगरः नयाँवर्ष २०७९ को पूर्वसन्ध्यामा प्रदेश नम्बर १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हिजो( बुधबार) शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राईले नयाँवर्ष २०७९ ले सबैमा नयाँ उमङ्ग र उत्साह ल्याउनसक्ने विश्वास व्यक्त गरे । उनले नयाँवर्षको सुरुवाती दिन वर्षभरि आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न संकल्प गर्ने दिन भएको स्मरण गर्दै कर्मचारीहरूलाई तद्अनुरुप व्यवहारमा उत्रिन आग्रह गरे ।

उनले आउँदो वर्ष निर्वाचन वर्षजस्तो हुने भएकाले २०७९ सालमा हुने सबै तहको निर्वाचनको सफलताको शुभकामना व्यक्त गरे । प्रदेश नं. १ सरकारका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले नयाँवर्षका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीको उपस्थितिले आफूहरूलाई हौसला प्रदान गरेको उल्लेख गरे ।

Newyear wish 1