इटहरीः इटहरीमा मंगलबार भेला भएका बुद्धिजीवीहरुको भेलाले नेपाल बुद्धिजीबी परिषद समाजवादीको प्रदेश एक कमिटी बनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले उपस्थितीमा मंगलबार भएको बुद्धिजीवीहरुको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमको अवसर पारेर भेला भएका बुद्धिजीवीहरुले आफ्नो कमिटी विस्तार गरेको हो ।
भेलाले डा.मेदनी सेडाईको अध्यक्षतामा ५१ ज्नाको प्रदेश एक कमिटी बनाएको छ । नेपाल बुद्धिजीवी परिषद समाजवादीको प्रदेश एक उपाध्यक्षमा सुनसरीको इटहरीका केवल प्रसाद फुयाल चयन भएका छन् भने सचिवमा संचारकर्मी प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईका प्रेस सल्लाहाकार बन्धु पोखरेल चयन भएका छन् । कमिटीको सहसचिवमा उदयपुरका स्यामानन्न चौधरी, र सुनसरीका गुन्जा चौधरी छन् भने कोषाध्यक्षमा मोरङ्गका कविराज घिमीरे चयन भएका छन् ।
यसैगरी कमिटीको सदस्यहरुमा झापाका राजन कुमार न्यौपाने, इन्द्र प्रसाद निरौला, डा खगेन्द्र ओली, श्याम लाल चौलागाई, खगेश्वर भटराई, राजेश भट्टराई, देवी प्रसाद पन्थी, कोषराज न्यौपाने लगायत रहेका छन् । प्रदेश एकका १४ वटै जिल्लाबाट भेला भएका बुद्धिजीवीहरुले समाजवादको अभियान सहित पार्टीका नेता झलनाथ खनालसँग एक दिने प्रशिक्षण समेत लिएका थिए ।