काँकडभिट्टाः एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेका प्रभावशाली नेताहरुले एमाले पार्टी परित्याग गर्ने क्रम प्रतिदिन बढीरहेको छ । मंगलबार एक् पत्रकार सम्मेलन गरि नेकपा एमाले झापाका प्रभाशाली नेता भित्र पर्ने काकरभिट्टा निवासी डिल्लीराम घिमिरेले रुँदै एमाले पार्टी परित्याग गरेका छन् । पार्टीभित्र गुटगत राजनितिले चरम सीमा नाघेको बर्षोैको समय पार्टीका लागि खर्च गरेपनि पार्टीभित्रका केही नेताहरुको कपटपूर्ण व्यवहारबाट दिक्क भएर आफुले बाध्य भएर पार्टी परित्याग गर्नु परेको उनले पत्रकार सम्मेलन मार्फत जनाएका छन् ।
पत्रकार सम्मेलनमा उले पार्टी छाड्नु पर्दाको पीडा सही नसक्नु भएको जनाउँदै पटक पटक भक्कानिदै रोएका थिए । उनले पत्रकार सम्मेलनमा एमाले नेता रविन कोइराला र विष्णु प्रसाईंका कारण पार्टी छोड्नु परेको स्पष्ट समेत पारे ।
कोइराला र प्रसाईंले गरेको कपटपूर्ण व्यवहारका कारण दिक्क लागेर एमाले छोडेको नेता घिमिरेको जिकिर छ । ‘एमाले भित्रको चरम गुटबन्दी तथा इमान्दार कार्यकर्ता प्रतिको छलकपटपूर्ण व्यबहारबाट आजित भएर पार्टी छाडेको हुँ’एमाले झापा जिल्ला सदस्य घिमिरेले भने, ‘म कसैको दास बनेर बस्न सक्दिनँ, कोइराला र प्रसाईंले मलाई धकेले त्यसकै कारण पार्टी जोड्न बाध्य भएँ ।’ उनले एमालेमा चरमगुटबन्दी रहेको बारम्बार दोर्होयाए ।
पार्टी परित्याग गर्ने काँकडभिट्टामा आयोजित पत्रकार भेटघाटमा उनले आफू चलायमान र एग्रेसिभ मानिस भएकाले चुप लागेर बस्न नसक्ने बताए । ‘अहिले म खाली र स्वतन्त्र छु’घिमिरेले भने,‘विचार, सिद्धान्त र मुद्दा लिल्ने पार्टीमा प्रवेश गर्न सक्छु’ तर अहिले कुनै निर्णय गरेको छुइनँ ।’ भरेभोलि जतिबेला पनि आफू आस्था मिल्ने पार्टीमा प्रवेश गर्न सक्ने उनको भनाइ छ । स्थानीय तह निर्वाचनको उम्मेदवार चयनका लागि भएको आन्तरिक प्रतिस्पर्धामा घिमिरे अन्य प्रतिस्पर्धी भन्दा मतभारमा कमजोर देखिएका थिए । सो चुनावमा एमाले केन्द्रीय सदस्य कोइराला र बागमती प्रदेशका पूर्वप्रमुख प्रसाईं आफूलाई हराउन षड्यन्त्र गरेको उनको दाबी छ ।
कोइराला र प्रसाईंले बहालवाला प्रदेश सांसद गोपाल बुढाथोकीलाई मत हाल्न र घिमिरेलाई मत दिन एमाले सदस्यहरुलाई भनेको पार्टी भित्र व्यापक चर्चा छ। त्यसमा प्रदेश सांसद श्रीप्रसाद मैनालीले समेत सहयोग गरेको बहस अहिले एमाले भित्र घनीभूत भएको छ । सबै मिलेर आफूलाई एक्ल्याउन भित्री षड्यन्त्र गरेपछि आफू पार्टीले पार्टीको जिम्मेवारी त्यागर स्वतन्त्र बस्ने निर्णय लुएको उनले बताए ।
झापा क्षेत्र नम्बर १ को एमले संयोजक समेत रहेका घिमिरेले भने,‘म अहिले स्वतन्त्र भएको छ, चलायमान र एग्रेसिभ मानिस भएकाले त्यसै बस्न सक्दिनँ ।’झापा एमालेको सहइञ्चार्ज समेत रहेका कोइराला एमाले अध्यक्ष केपी ओलीले संसद विघटन गर्दा त्यसको विपक्षमा उभिएका नेता हुन् । प्रसाईंलाई अध्यक्ष ओलीको दाहिने हात मानिन्छ । त्यही कारण प्रसाईंलाई एमाले अध्यक्ष ओलीले पुरस्कार स्वरूप बागमती प्रदेश प्रमुख बनाएका थिए । बुढाथोकी र मैनाली पार्टी विभाजनका बेला नेकपा एकीकृत समाजवादीमा जाने चर्चा चलेको थियोे । पछि कोइराला, बुढाथोकी र मैनाली एमालेमै रहेका थिए।
सोही बेलादेखि कोइराला र प्रसाईंको शत्रुतापूर्ण पुरानो राजनैतिक तिक्तता सदभावमा परिणत भएको हल्ला चलेको थियो । अहिले उनीहरू एक ठाउँमा उभिएर घिमिरेलाई पार्टीबाट धकेलेको बहस तातो छ। स्थानीय तहको उम्मेदवार छान्ने पार्टीको आन्तरिक चुनावमा निलकण्ठ तिवारी, मीना उप्रेती, घिमिरे र बुढाथोकी मेचीनगरको प्रमुखको दौड थिए । काँकडभिट्टाको गाविस अध्यक्ष भइसकेका घिमिरेलाई सो प्रतिस्पर्धामा रोकेपछि उनी रुष्ट बनेका थिए ।
कोइराला र प्रसाईं बुढाथोकीलाई मेचीनगर प्रमुखको उम्मेदवार बनाउन एक भएको एमाले पार्टी पंक्तिमा चर्चा छ। मेचीनगरमा प्रमुखका आकांक्षी तिवारी बाहुनडाँगी गाविसका पूर्वअध्यक्ष र उप्रेती मेचीनगर नगरपालिकाको बहालवाला उपप्रमुख हुन् । एमाले केन्द्रीय सदस्य समेत रहेकी उप्रेतीको पार्टी अध्यक्ष ओलीसँग राम्रो सम्बन्ध छ । उनलाई रोक्न पनि कोइराला र प्रसाईं एक ठाउँमा उभिएको आँकलन गरिएको छ । कोइराला र प्रसाईंले त्यही षड्यन्त्र गरेर आफूलाई पनि सिध्याएपछि घिमिरे भड्किएको बुझिएको छ । सामाजिक सञ्जालमा मंगलबार एकाबिहानै घिमिरेले आफूले एमाले छोडेको लेखेका थिए ।
त्यसको केही घण्टा नबित्दै पत्रकार सम्मेलन गरेर उनले एमाले परित्याग गरेको घोषणा गरेपछि अहिले झापा एमालेमा तरङ्ग गएको छ । घिमिरेले एमाले छोडेको एक घण्टा पनि बित्न नपाउँदै काँकडभिट्टाकै एमालेका अर्का नेताले एमाले परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमाले मेचीनगर कमिटी शिक्षा बिभाग उपप्रमुख तथा नगर कमिटी सदस्य गोकुल अधिकारीले एमाले भित्रको चरम गुटबन्दी तथा इमान्दार कार्यकर्ताप्रतिको छलकपटपूर्ण व्यबहारबाट आजित भएर पार्टी छाड्को जनाएका छन् ।
उनले पार्टीमा अपहेलित भएर बस्न नसकिने जनाएका छन् । ‘नेकपा एमाले मेचीनगर कमिटी शिक्षा बिभाग उपप्रमुख तथा नगर कमिटी सदस्य दुबै पदबाट राजीनामा गर्दै आजकै मितिबाट एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछु’अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन् । यी घटना दृश्यले पार्टी अध्यक्ष ओलीको गृहजिल्ला झापामा एमालेमा ठूलो कम्पन उत्पन्न हुने देखिएको छ ।