इटहरीः नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको इटहरी उपमहानगरपालिकामा ४ सय ५५ जनाको निर्वाचन परिचालन कमिटी बनेको छ ।

बैसाख ३० गते हुन गइरहेको स्थानिय निर्वाचनलाई लक्षित गर्दै पार्टीले प्रदेश समिति सदस्य ठमनाथ लम्सालको संयोजकत्वमा ४ सय ५५ जनाको निर्वाचन परिचालन कमिटी बनाएको नेकपा एसका इटहरी इन्चार्ज केवल प्रसाद फुयाँलले जानकारी दिएका छन् । यसैगरी निर्वाचन परिचालन कमिटीको सचिवमा पार्टीको इटहरी उपमहानगर कमिटीका अध्यक्ष गणेश बुढाथोकी चयन भएका छन् । आफुहरुसँग सात हजार भन्दा बढि संगठित सदस्य भएता पनि चुस्त दुस्त बनाउनकै लागि ४ सय ५५ जनाको कमिटी बनाइएको पार्टीको भनाई छ ।

यसैगरी पार्टीले निर्वाचन परिचालन कार्यलयको समेत मंगलबार उद्घाटन गर्ने भएको छ । इटहरी ६ नेशनल गल्लि स्थित चिया चौतारी नजिकै एकआपस बहुउदेश्यीय सहकारी संस्था रहेको भवको भुई तल्लामा मंगलबार(आज) पुर्व प्रद्यानमन्त्री एंव पार्टी नेता झलनाथ खनालले उद्घाटन गर्ने बताइएको छ ।

प्रदेश एक भरी रहेका नेकपा एस निकट बुद्धिजिवीहरुलाई नेपाली माटो सुहाउँदो समाजवादको नारा सहित प्रशिक्षण दिन इटहरी आउन लागेका खनालले निर्वाचन परिचालन कमिटीको कार्यलय उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टी का नगर इन्चार्ज फुयालले बताए ।