बराहक्षेत्रः राष्ट्रिय प्रजातन्त्र पार्टी धरान उपमहानगर कार्यसमितिले आउँदो स्थानीय चुनावका लागि उपमहानगरको मेयरमा ५ जनाको नाम सिफारिस गरेको छ ।
आज बसेको बैठकले नगर अध्यक्ष नवीन पराजुली, उपनिर्वाचनका मेयर प्रत्यासी रोशन दर्नाल, क्षेत्रीय अध्यक्ष जुद्द लोहनी, नेताहरू नरेश शाक्य र दोर्जे शेर्पालाई मेयर पदमा सिफारिस गरेको जनाइएको छ ।
त्यस्तै, उपमेयरतर्फ दिलकुमारी तामाङ र पुर्णीमाया राईको नाम सिफारिस भएको छ । सरकारमा फरक मत राख्दै आएको राप्रपाले धरानमा चुनावी तालमेल गर्ने नगर्ने भनी निश्चय नभइसकेको बुझिएको छ ।