इटहरीः नेकमा एमाले इटहरीले बहालवाला मेयर र उपमेयर सहितका ६ जनालाई सम्भावित मेयरको रुपमा अगाडी सार्दै जिल्ला कमिटिमा सिफारिस गरेको छ ।
सिफारिस भएकाहरुमा वहालवाला मेयर द्धारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम सहित एमालेका इटहरी उपमहानगर अध्यक्ष यमकुमार सुव्वा , इटहरी खानोपानी उपभोत्ता समितिको अध्यक्ष राम प्रसाद चौलागाई र इटहरी उपमहानगरका पुर्व अध्यक्ष रेवती प्रसाद घिमिरे र एमाले सुनसरीका सदस्य बन्नुलाल चौधरीको नाम जिल्ला कमिटिमा पठाइएको बताईको छ ।नगरकमिटिको आइतबार बसेको बैठकले ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको र सोको विवरण जिल्ला कमिटिमा पठाइएको एमाले इटहरीले जनाएको छ ।
सिफारिस भएकाहरुले आ–आफ्नो दवाव सिर्जना गर्न आफ्ना इत्तरका नेताहरुसँग परामर्श बढाइरहेको पाइन्छ । सिफारिस भएका मध्ये मेयर द्धारिकलाल चौधरी निर्वाचन घोषणा भएसँगै टिकटको लविङ्गमा लागेका थिए । चौधरी एमाले नेता ईश्वर पोखरेललाई रिझाउन लागि परेका थिए भने पछिल्लो समयमा प्रदेशका पुर्व मुख्यमन्त्री भिम आचार्यसँग हिमचिम बढाएका छन् । चुनावको मिति घोषणासँगै उदघाटन र शिलान्यासको सुचि सार्वजनिक गर्दै जनतालाई आफ्नो बसमा पार्ने प्रयास गरेका चौधरी केही जातिय मतमा अगाडी रहेपनि समग्र पार्टी पंत्तिमा टिकट पाउनुहुन्न भनिनेगरेको व्यक्ति हुन् । पाँच बर्षे सरकारको प्रमुख चौधरीले मेयर बनिरहँदा बारम्बार कर्मचारी प्रशासनमा एकलौटी, सेवाग्राहीलाई गालिबेइज्जती र पत्रकारलाई कहिले लोपार्ने त कहिले नाकको डाँडी भाचिदिने धम्किदिँदै हाइलाइटमा आइरहे पनि इटहरीका जनताको आखाँमा नविझाउने गरी बस्न नसकेको टिप्पणी बजारमा छरपस्टै छ ।
उपमेयर लक्ष्मी गौतम आफु पार्टीको केन्द्रिय सदस्य भएको र महिला भएको कारणले पनि अवको नेतृत्व आफुले गर्न पाउनु पर्ने बिचार राख्दै आइरहेकी छन् । केन्द्रिय सदस्य भएको नाताले पनि गौतम ओली निकट मानिन्छिन् । तर उनले टिकट पाउन सक्ने सम्भावना कमै रहेको पार्टी निकट स्रोतको दावी छ । उनले पनि उपमहानगरमा सवारी साधन दुरुपयोग देखि समाजिक महाशाखाबाट हुने कार्यक्रममा रजाँई नै गरेको मेयर इतरका कार्यकर्ताहरुको आरोप छ । उपमहानगरका कर्मचारीलाई बील साडी लगायत अन्य कपडा खरिद गर्न लगाएका लगायतका आरोप मेयर पक्षको छ ।
उपमेयर गौतमले ५ बर्षे कार्यकाल भरी आफु राम्रो हुन मेयरका विरुद्ध अनेकौ फण्डा चलाएको र केही मिडियालाई प्रयोग समेत गर्दै आएको मेयर निकटका कार्यकर्ताहरुको आरोप छ । केही समय अगाडी इटहरीका जनतालो आफुलाई मेयरको रुपमा देख्न चाहेको बताउँदै आएकी उपमेयर गौतम पछिल्लो समय मेयर द्धारिकलाल चौधरीले गाडी दुरुपयोग गरेको आरोप लगाउँदै गाडी खोसिदिएपछि सिटि सफारी र अटोमा हिडेर लोकप्रियता कमाएकी थिइन् । यो उनको चुनावी फण्डा भएको मेयर पक्षको आरोप छ । मेयरले गाडी खोसेको बिषय विधि प्रकृया नगई मिडियाबाजी गरेको भन्दै उपमेयर निकट केही कार्यकर्ताहरुले सार्र्वजनिक स्थलमै असन्तुष्टि समेत पोखेका थिए ।
उता अघिल्लो स्थानीय चुनावमा समेत टिकट पाउने चर्चा गरिएका खानेपानीका अध्यक्ष राम प्रसाद चौलागाई समेत पार्टीको नगरमा प्रभावसाली नेता मानिन्छन् । पार्टी निकट स्रोतका अनुसार जिल्ला कमिटिकै प्रभावसाली नेताले टिकट पाउने हल्ला पछि यसपटक पनि चौलागाई हेरेको हेरयै हुनेहुन कि भन्ने समेत आँकलन छ तर पार्टीमा आफ्नो त्याग र लामो संघर्ष रहेकाले यस पटक आफुले नै टिकट पाउनु पर्ने दावी चौलागाईको देखिन्छ ।
उता स्वभाविक रुपमै आफु पार्टीको नगर अध्यक्ष भएको नाताले आफुले नै इटहरी उपमहानगरको नेतृत् वगर्न पाउनु पर्नेमा याम कुमार सुव्वा छन् । इटहरी उपमहानगरका पुर्व अध्यक्ष रेवती घिमिरे पनि सिफारिसमा परेका छन् ।
पार्टीका द्धारिकलाल चौधरीको प्रभाव कम बन्दै जाँदा थारु समुदायको भोट बिग्रिने डर पनि एमालेलाई उत्तिकै छ त्यसैले पनि एमाले जिल्ला सदस्य रहेका बन्नुलाल चौधरीलाई समेत मेयरमा सिफारिस गरिएको छ । जिल्लाले द्धारिकलालको बदलामा बन्नुलाललाई रुचाउने हो वा होइन् त्यो भने हेर्न बाँकी नै छ ।
नगर कमिटिले सिफारिस गर्नु एक खुड्किलो भएता पनि जिल्ला कमिटिले सम्भावना अध्ययन गरेर आफु इत्तरका नेतालाई उपमहानगरको मेयरका लागि टिकट दिने बताइन्छ । पार्टीलाई उद्यृत गर्दै समाचार स्रोतले बताएअनुसार यस पटकको निर्वाचनमा पार्टीका जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी आफैँ आकाँक्षी देखिएका कारण यसै भन्न सक्ने अवस्था छैन ।
नगरकमिटिको सिफारिस पछि जिल्ला कमिटिले सोमा काँटछाँट गरेर प्रदेश कमिटिमा पठाउने र प्रदेशले उम्मेद्धवारको टुगोँ लगाउने हुँदा कसले टिकट पाउने हो भन्ने अहिलेसम्म शंका गर्न सक्ने अवस्था नरहेको पुराना एमाले नेताहरुको विज्ञताले बताउँछ ।
त्यस्तै बैठकले पार्टीबाट उपमहानगरमा उपमेयरकालागि ९ जनाको नाम सिफारिस गेको छ । जसमा गायत्री चौधरी,रुक्मिणी कोइराला, मिथिला पोख्रेल,अम्बिका चौधरी,बिष्णु शर्मा (नेपाल) ,अमला श्रेष्ठ,अनिता शर्मा,संगीता चौधरी र रामचरण चौधरी रहेका छन् ।