इटहरीः आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामधुनी नगर कमिटिले एमालेका प्रदेश कमिटी सदस्य गणेश गुरागाईको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरेको छ ।

शनिवार बसेको पार्टीको बैठकले ३ हजार ५ सय जनाको निर्वाचन परिचालन कमिटी गठन गरिएको संगठन विभाग प्रमुख खेमराज पौडेलले जानकारी दिए ।

उक्त बैठकले निर्वाचन परिचालन समितिको प्रचार प्रसारको प्रमुखमा गोपाल निरौला, आर्थिक बिभागको प्रमुखमा नवराज खड्का, प्राविधिक तथा कार्यलय व्यावस्थापनको प्रमुखमा प्रदिप काफ्ले र अनुगमन समितिको प्रमुखमा गुणराज काफ्लेलाई चयन गरिएको बताइएको छ ।

पाँच हजार भन्दा बढि संगठित सदस्य भएता पनि ३ हजार पाँच सय जनाको मात्रै निर्वाचन परिचालन कमिटि पनाइएको र रामधुनिमा पार्टीको राम्रो पहुच भएको संगठन विभागका खेमराज पौडेलले दावी गरेका छन् । पौडेलका अनुसार नेकपा एमालेले २३ मध्येका १७ वटा जनसंगठनको कमिटि समेत बनाइसकेको छ ।