इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरका लागि इटहरीका पदम अधिकारीले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफुले स्वतन्त्र तर्फबाट मेयरमा उम्मेद्वारी घोषणा गरेको अधिकारीले शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

इटहरीको नेशनल गल्लि स्थित चिया चौतारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले हरेक उम्मेद्वारले जित्छु भनेर उम्मेद्वारी दिने भएकाले आफुले जित्ने विश्वास व्यक्त गरे । पत्रकारहरुले गरेको तपाईले जित्नका लागि उम्मेद्वारी कि उम्मेद्वारी दिनकै लागि उम्मेद्वारी भन्ने प्रश्नको जवाफ दिँदै अधिकारीले आफुले जित्नकै लागि उम्मेद्वारी दिएको बताएका थिए ।

उपमहानगरको मान्यता अनुसारको सुपर समृद्धिको योजना बनाउने लक्ष्य सहिते दलिय वितृष्णाबाट बाक्क भएका जनतालाई स्वतन्त्र नागरिकको रुपमा मेयर बन्नका लागि आफुले उम्मेद्वारी दिएको बताएका थिए ।

276160233_661928908414255_7123028114704186786_n

स्थानीय तहमा दलियमात्र नभई निर्दलिय जनप्रतिनिधिहरु हुनुपर्ने धारणा राख्दै अधिकारीले अरु स्वतन्त्र उम्मेद्वारहरु भए संगठित भएर स्वतन्त्र रुपमा अगाडी बढ्ने बताएका थिए । नेकपा एमालेबाट राजनैतिक यात्रा सुरु गरेका उनी पछिल्लो समय जनता समाजवादी पार्टीका नेता थिए । जसपा विभाजन भएपछि लोकतान्त्रिक समाजवादी तर्फ लागेका अधिकारी गत भदौ १ गतेबाट आफु स्वतन्त्र रहेको घोषणा गरेका थिए ।

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) अनुमोदन पछि नेपाली राष्ट्रियतामा कालो बादल मडारिएको उनको आरोप छ । देशको अर्थतन्त्र सङ्कटग्रस्त भएको र महँगी थेग्नै नसक्ने गरी बढेको भनाई राख्ने अधिकारीले दलतन्त्र नै लोकतन्त्र नभएको भनाइ राखेका छन् ।

इटहरीको कला साहित्य, पर्यटन, खेलकुद, लघु औद्योगिक एवम् थारु संस्कृतिको संरक्षणमा आफ्नो ध्यान जाने बाचा गर्दै अधिकारीले सुन्दर शहर बनाउने प्रस्ताव आफ्नो प्रतिवद्धता पत्र मार्फत ल्याने बाचा विज्ञप्तीमा गरको छन् ।

सुपर समृद्धिको योजना बनाई कार्यान्वयन गर्ने साथै इटहरी उपमहानगरको मान्यता अनुसार सामुहिक सुपर सम्वृद्धिको योजना बनाई कार्यान्वायन गर्नका लागि इटहरीबाट उत्पादित मानव संसाधन विषय विज्ञको अभिलेखिकरण गर्ने र अल्पकालिन , दिर्घकालिन र मध्यकालिन योजना बनाई सोही अनुसार विकास परियोजना सञ्चालन गर्न अभिलेखिकरण विज्ञको योजना र सहकार्यमा ऐन नियम बनाई कायान्वायनमा लैजाने अधिकारीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

277923117_286378810202939_3359151159158856633_n