इटहरीः इटहरीमा सञ्चालन भईरहेको १२ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा शनिवारको रोमान्चक खेलको प्रतिक्षा गरिरहेका दर्शकलाई साँच्चैनै मनोरन्जन दिने तयारीमा दुवै टिम आक्रामक रुपमा मैदानमा उत्रिने भएका छन् ।
अघिल्लो संस्करणको बिजेता काठमाण्डौको त्रिभुवन आर्र्मी क्लव आफु डिफेण्डिङ्ग च्याम्पियन भएको हुनाले खरो दावेदारको रुपमा प्रस्तुत हुने भएको छ भने लोकल क्लवको रुपमा देखिएको मोरङ्गको सुन्दरहरैँचा नगरपालिकाको सगरमाथा क्लव पनि राम्रो टिमलाई पराजित गर्दै फाइनलमा पुगेकाले उपाधि आफैँतिर राख्ने पक्षमा छ ।
शनिवार हुने फाइनल खेलमा धेरै राम्रो र बलियो टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले यसै भन्न नसक्ने सगरमाथा क्लवमा प्रशिक्षक युविन गुरुङ्ग बताउँछन् । गोल्डकममा सहभागी हुन पाउनु पनि सगरमाथाको लागि ठुलो कुरा भएको बताउने गुरुङ्ग आर्मीसँग प्रतिस्पर्धा गर्नु त्यति सहज नभएको बताए ।
यता त्रिभुवन आर्मी क्लवका प्रशिक्षक नविन न्यौपानेले पनि मेहनत गर्ने समुहनै फाइनलमा जाने भएकाले सगरमाथालाई लरतरो टिम मान्न नहुने बताउँछन् । सगरमाथाको टिममा ए डिभिजन फुटवल खेलेका खेलाडीको बर्चश्व रहेकाले पनि राम्रो सम्भावना भएको बताउँने न्यौपानेले डिफेण्डिङ्ग च्याम्पियन भएको नाताले पनि आफुहरुलाई खेल जित्नै पर्ने एक प्रकारको दवाव भएको बताए ।
आर्मीले इटहरीमा आयोजना भएको हृदयन्द्र गोल्डकप, गत संस्करणमा भएको ११ औ इटहरी गौल्डकपको उपाधी हात पारिसकेको छ भने तेस्रो उपाधिको लागि शनिवार सुन्दरहरैँचाको सगरमाथा क्लवसँग प्रतिस्र्धा गर्दैछ ।
शनिवार हुने खेलको रोमान्चक पक्ष त झनै के छ भने त्रिभुवन आर्मी क्लवका क्याप्टेन भरत खवास सुन्दरहरैँचाका स्थानीय हुन् । शनिवारको खेलमा उनि स्थानीय आफ्नै जिल्लाको क्लवसँग १२ औँ कन्ट्रोल लुब्रिकेन्ट इटहरी गोल्डकपको उपाधिको लागि प्रतिस्र्धा गर्दैछन् । उनिसँग प्रतिस्पर्धा गर्ने सगरमाथा क्लवमा क्याप्टेन पनि संयोगले खवास नै छन् । उनको नाम अशोक खवास हो । प्राय धेरै फुटवल खेलमा फाइनल सम्म पुग्ने टिम हो त्रिभुवन आर्मी । भोलीको खेल आफ्नै टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले झनै रोमान्चक हुने आर्मीका क्याप्टेन भरत खवास बताउँछन् ।
धेरै ए डिभिजनका खेलाडी सम्मिलित टिम भएता पनि फाइनल जित्ने आशा रहेको भरतको विश्वास छ । उता सगरमाथाका क्याप्टेन अशोक खवास आर्मी बलिलो टिम भएकाले आफुहरु पनि इनर्जी र उत्साहका साथ फाइलनमा प्रतिस्र्धा गर्ने बताउँछन् । तर उपाधि कसले पाउछ भन्ने जान्न भने भोली सम्म कुर्नै पर्ने भएको छ ।
कन्ट्रोल लुव्रिकेन्टले स्पोन्सर गरेको खेलमा उपाधि बिजेतालाई ७ लाख नगद र उपविजेतालाई ३ लाख ५० हजार नगदका साथै बिभिन्न विद्यामा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई नगद १५ हजार रुपैयाँ, सवोत्कृष्ट खेलाडीलाई यामाहाको फ्यासिनो स्कुटरका र इटहरीका उदयीमान खेलाडीलाई ४० इन्चको एलइडि टिभि दिइने आयोजक राष्ट्रिय जागृती क्लबका प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।
उनका अनुसार भोली दिँउसो ३ बजे हुने फाइनल खेललाई निकै चासोका साथ हेरिएको छ । फाइनल खेलमा १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राई प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम तय भएको प्रतियोगिता संयोजक थापाले बताए ।