इटहरीः नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले आफ्नै वेबसाइट बिहिबार सार्वजनिक गरेको छ । महासंघ प्रदेश १ समितिको प्रदेश सम्मेलनको अबसरमा बिहिबार आयोजना गरिएको कार्यक्रमका बिच प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले महासंघको वेवसाइट सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको सुदृढीकरणका लागि का मगर्ने बताए । उनले प्रदेश १ मा पत्रकारिता र आमसन्चार क्षेत्रको विकासकै लागि सरकारले छुट्टै मन्त्रालय गठन गरेको बताउँदै संचार सम्बन्धि कानुन समेत संसदमा लगीसकेकोले चाँडै कानुन बन्ने विश्वास व्यक्त गरे ।
प्रदेश सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, प्रदेश १ का यातायात तथा संचारमन्त्री उपेन्द्र घिमिरे, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बो लगायत अग्रज पत्रकार, सम्बद्ध संघ संगठनका नेता, १४ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सहभागिता रहेको छ ।
भेलाले प्रदेश समितिले तयार पारेको कार्ययोजनामाथि छलफल गरि महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।