इटहरीः धरानको विजयपुरमा स्कार्पियो गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
बिहिबार साँझ करिव पाँच बजेको समयमा बा ६ च ७२६८ नम्बरको स्कार्पियो धरान–१४ विजयपुरको नयाँ टोल घुम्तीमा दुर्घटना भएको प्रहरीले बताएको छ ।
स्कार्पियो बुढासुब्बा मन्दिरबाट पिण्डेश्वर मन्दिर तर्फ आउनेक्रममा नयाँ टोलको अन्तिम घुम्तीमा दुर्घटना भएको हो ।
दुर्घटनाको कारण ब्रेक फेल भएको प्रहरीको भनाई छ । १० जना सवार गाडीमा ८ जना सामान्य घाइते छन् । घाइतेमध्ये एक जनाको हात भाँचिएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।