इटहरीः नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निकट दलित मुक्ति संगठनको प्रदेश भेला मंगलबार इटहरीमा सम्पन्न भएको छ ।
भेलामा दलित बिद्ययकबारे छलफल गर्नुका साथै गाउँ नगर घर घर जाउँ, नेकपा एकीकृत समाजवादीलाई जिताआँै भन्ने आव्हान समेत गरेको छ ।
नेपाल दलित मुक्ति सङ्गठनको स्थानीय निर्वाचनका लागि सङ्गठन परिचालन तथा पुनर्जागरण अभियान अन्तर्गत प्रदेश नम्बर १ स्तरीय भेलाको आयोजना गरिएको पत्रकार तथा दलितका अगुवा नेता पिवि दियालीले बताएका छन् ।
नेकपा एसका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर १ का कार्यवहाक अध्यक्ष धर्मराज निरांैलाको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रममा बिशिष्ट अथिति पार्टी पोलिटब्युरो सद्स्य तथा सङ्गठनका केन्द्रीय अध्यक्ष गणेश बिश्वकर्मा, पार्टी पोलिटब्युरो सद्स्य तथा प्रदेश नम्बर १ का सचिव महेश रेग्मी, पार्टी केन्द्रीय सद्स्य तथा सङ्गठनका केन्द्रीय उपाध्यक्ष दुर्गा परियार, सङठनका उपमहासचिवद्वय सरोजदिलु बिक र गोपाल बराईली, सचिवहरुत्रय भवानी शंकर, एलवि परियार , प्रदिप सोव लगायतले आफ्नो आफ्नो मन्तव्य राखेका थिए ।
भेलाले आगामी चैत्र मसाान्त सम्मको अभियानको कार्ययोजना बनाएर संगठन बिस्तार गर्ने साथै आउने चुनाबमा पार्टीलाई बिजयी बनाउने तर्फ लक्षित हुन प्रदेशभरका दलित अगुवाहरु परिचालित भएको कार्यक्रमाका सभापति तथा नेपाल दलित मुक्ति संगठन प्रदेश कमिटी अध्यक्ष कृष्ण रसाईलीले बताए ।
संगठनका उपसचिब तथा पत्रकार पीबी दियालीले संचालन गरेको कार्यक्रममा संगठनकी सुनसरी अध्यक्ष अमृता रामदामले स्वागत गरेकी थिइन । कार्यक्रम संयोजक तथा संगठन अध्यक्ष कृष्ण रसाइलीले प्रदेश सरकारमा संसदले पेश गर्न लागेको भनिएको दलित बिद्ययकमा दलितका मुद्धाहरु के कसरी समेटन सकिन्छ र जातीय भेदभाव र छुवाछुत जस्तो अमानबीय कार्य गर्नेहरुलाई कानूनको दायरामा कठिनाई भई रहेको तर्फ इंगित दलित मैत्री विद्ययकका लागि आबाश्यक सुझाव दिन सबैलाई आग्रह गरेका थिए ।
सहभागिहरुले कार्यक्रम भर अतिथि बक्ताहरु, संगठनका नेताहरुले दलित बिद्ययकमा समेटिइनु पर्ने बिषयबारे दिएका सुझावहरुलाई लिखित रुपमा टिपोट गरेको बताइएको छ । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट उपस्थित डेढ सय भन्दा बढिको उपस्थिती रहेको बताइएको छ ।