इटहरीः सुनसरी जिल्लामा नेकपा एमालेलाई एक्ल्याउन पाँच दलिय गठबन्धन पक्का हुने भएको छ ।

संघीय सरकारमा रहेका पाँच दलिय गठबन्धनले आगामी चुनावमा तालमेल गरेर अगाडी बढ्ने निर्णय सँगै सुनसरीको गठबन्धनका पाँच दलले पनि बुधबार बसेको बैठकले वस्तुगत अध्ययनका लागि पाँच जनाको कार्यदल निर्माण गरेका छन् ।

नेकपा एकिकृत समाजवादीको सुनसरी जिल्ला कार्यलयमा बसेको ५ दलीय गठबन्धनको बैठकले नेपाली कांग्रेसका सुनसरी सचिव विरेन्द्र साह, नेकपा माओवादी केन्द्रको तर्फबाट मुक्साहाङ्ग मेन्याङवो, नेकपा एकिकृत समाजवादीका सुनसरी सचिव बसन्त सुवेदी, जसपा सुनसरीका सचिव प्रदिप कार्की र राष्ट्रिय जनमोर्चा सुनसरीको तर्फबाट हरिलाल अधिकारी सम्मिलित कार्यदल गठन गरिएको गठबन्धनद्धारा जारी सयुक्त विज्ञप्तीमा जनाइएको छ ।

कार्यदलले स्थानीय पालिकाहरुको वस्तुगत अवस्था अध्ययन गरि २०७८ चैत्र २६ गते सम्म प्रतिवेदन प्रस्तुत गर्ने र विगतको निर्वाचनको अवस्था समेतलाई आधार मानेर गठबन्धनलाई मुर्त रुप दिने निर्णय गरेको बताइएको छ ।

बैठकले जिल्ला समन्वय समिति, पालिका र वडा तह सम्मै गठबन्धन गरेर सम्भव भएसम्म सबै वडामा सबै दलको प्रतिनिधित्व हुने गरी गठबन्धन गर्ने निर्णय गरेको छ भने गठबन्धनको सफल कार्यन्वयनको लागि जिल्ला पालिका, वडा तह सम्म सयुक्त सन्यन्त्र निर्माण गर्ने निर्णय समेत गरेको छ ।

पाँचै दलले सयुक्त प्रतिवद्धता पत्र प्रकासन गर्ने र सबै तहका सयुक्त प्रचार प्रसार समिति गठन गर्ने निर्णय समेत गरेको पाँच वटै पार्टीका जिल्ला प्रतिनिधिले जारी गरेको विज्ञप्तीले जनाएको छ । विज्ञप्तीमा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारी, माओवादी केन्द्रको सुनसरी संयोजक योगेन्द्र प्रसाद मण्डल, नेकपा एसका जिल्ला अध्यक्ष गोविन्द निरौला, जसपा सुनसरी सचिव प्रदिप कार्की र जनमोर्चाका सुनसरी प्रतिनिधि हरिलाल अधिकारीले हस्ताक्षर गरेका छन् ।

277576960_1645697552489667_6940257096899001101_n (1)