झापाः झापाको बुद्धशान्ति गाँउपालिका ३ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुदा एक जना महिलाको मृत्यु भएको छ ।

मंगलबार बेलुका पौने ७ बजे दक्षिण तर्फ जादै गरेको प्रदेश १-०१-०१३ प ४४९८ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०१-००१ च ७८३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिदा घाईते भएकि मोटरसाईकल पछाडि सवार सोहि स्थानकी ३८ बर्षीया शान्त सुब्बाको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

मोटरसाईकल चालक ४२ बर्षीया कविता लिम्बुको सोहि अस्पतालमा उपचार भईरहेको छ । पिकअप र चालक पाँचथर हिलिहाङ गाउपालिका(६ का हर्क यावालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।