विराटचोकः नेकपा एकीकृत समाजवादी सुन्दरहरैंचाले आगामी स्थानीय निर्वाचनमा पार्टीलाई सम्मानजनक अवस्थामा मात्रै चुनावी गठबन्धन गर्नेे धारणा अघि सारेको छ ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय विभाग सदस्य, जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर अध्यक्ष महेश आचार्य भने–‘एकीकृत समाजवादीसँग राम्रो मत रहेको र जनतामा जाने नैतिक बल पनि यो पार्टीमा भएको हुनाले उपमेयरसहित कम्तीमा ४ वडाध्यक्ष सम्मको हाम्रो पार्टीको तयारी रहन सक्ने छ ।’
‘गठबन्धन सम्मानजनक भएन वा हुन नसक्ने अवस्था आयो भने पार्टीले सोच्नु पर्ने हुन्छ’, अध्यक्ष आचार्यले भने, ‘गत स्थानीय तह निर्वाचनमा सुन्दरहरैंचामा एमालेले राम्रो मत ल्याएको थियो, अहिले एमालेको धेरै मत एकीकृत समाजवादीसँग भएकाले हामीले उपमेयरसहित सम्मानजनक गठबन्धनको कुरा गरेका हौँ ।’
पार्टीले उम्मेद्वारको टुुङ्गो लगाइनसकेको भए पनि धेरै जनाले आफूलाई नेतृत्वदायी पदमा जान आग्रह गरेको उनले बताए । पार्टीको उपभोक्ता हित संरक्षण विभागका केन्द्रीय सदस्यसमेत रहेका आचार्य अग्रज नेताहरुलाई सम्मानजनक स्थान दिएर युुवा वर्गलाई काम गर्ने स्थान दिनुपर्ने बताउँछन् । जनतालाई जागरुक बनाउन सक्ने नेतृत्व चाहिने र त्यो क्षमता आफूमा पनि रहेको बताउँदै उनले आवश्यक परेमा मेयर पदका लागि उम्मेद्वारी दिन पनि पछि नपर्ने बताए ।
२०५८ सालमा सुकुना बहुमुखी क्याम्पसमा स्ववियु सहसचिवमा निर्वाचित भएका उनले नेकपा एमालेका नेता तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको स्वकीय सचिवसमेत भएर काम गरेका थिए । नेकपा एमालेमा हुँदा राम्रो छवि बनाएका उनी बाल्यकाल देखि निरन्तर पार्टी काममा सक्रिय देखिन्छन् । मञ्जु तामाङसँग पार्टीमै जनवादी विवाह गरेका आचार्य १ छोराका बाबु उनले समाजवादको बारेमा श्रीमती र छोरालाई कुरा बुझाइसकेको बताउँछन् । समाज परिवर्तन र समाजवाद निर्माणमा विद्रोह जरुरी भएको र विद्रोह घरैबाट गरेको बताउँदै उनले एमालेसँगको विद्रोहले असल समाज निर्माण र राष्ट्र निर्माणमा थप बल पुगेको र अझै पुग्ने धारणा राखे ।
आचार्य सहकारी अभियन्ता तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन अभियानका अभियन्ता पनि हुन् । विभिन्न विषयमा ज्ञान बटुलेका युवा नेता आचार्य भन्छन्, सुन्दरहरंैचा सम्भावनाको खानी हो तर त्यसको पहिचान, प्रवद्र्धन गर्ने योग्यता क्षमता र नैतिक आधार बोकेको नेतृत्वको यो नगरले खोजिरहेको लोभ, पाप नजानेको त्याग, समर्पण र निष्ठा साथमा रहेको नेतृत्व यो समाजलाई आवश्यक छ ।
‘म किसानको छोरो हुँ, चाहेको भए राजनीतिक यात्राको क्रममा माथिल्लो स्थानमा पुुगेको बेला आर्थिक अनियमितता गर्न सक्थेँ’ उनले भने, ‘तर म विकास चाहन्छु । देशमा थिति बसोस् भन्ने चाहन्छु । आफूबाटै राम्रो कामको शुुरुवात गर्न चाहन्छु । त्यसैले नगरको नेतृत्वदायी भूमिकामा रहन चाहन्छु ।