इटहरीः केहि दिन पहिलेमात्रै नेकमा एमाले परित्याग गरि नेकपा एकिकृत समाजवादी पार्टींमा प्रवेश गरेका इटहरीका रमेश खत्री सयुक्त खस क्षेत्री एकता समाजको केन्द्रिय सचिवमा निर्वाचित भएका छन् ।
खत्री यहि हप्ता राजधानीमा आयोजना भएको सयुत्त खस क्षेत्री एकता समाजको महाधिवेसनबाट सचिवमा निर्वाचित भएका हुन् ।
नेकपा एमाले विधि र सिद्धान्त विपरित चलेको भन्दै एमालेबाट विद्रोह गरेर नेकपा एसमा समाहित भएका खत्री अघिल्लो हप्तामात्रै नेकपा एसको सुनसरी जिल्ला सचिवालय सदस्यमा चयन भएको थिए ।
अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेको खरो कार्यकता बनेर हिडेका खत्री एमालेले बोली अनुसार काम गरेर देखाउन नसकेको भनाई राख्छन् । खत्री सार्वजनिक यातायात महासंघका प्रदेश एक महासचिव समेत हुन्