मोरङः मोरङको केराबारी गाँउपालिका ८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान पौने ९ बजे को २ त ६७०० नम्बरको ट्याक्टरमा ढुङगा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडीको भाग उचालिदा ट्याक्टर चालक केराबारी १० का १९ बर्षीय पिलिज बिकलाई ट्याक्टरको स्ट्रिङले च्यापिई घाईते भएका थिए ।
गम्भिर घाइते उनलाई उपचारको लागि स्थानीय सुकुना अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय केराबारीले थप अनुसन्धान गरीरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।