सुनसरीः सुनसरीको ईनरुबा नगरपालिका ६ मधेशा स्थित नहरको पानीमा डुबि १ जना बृद्दको मृत्यु भएको छ ।

मंगलबार दिउँसो पौने १२ बजे ६० बर्षीय बिर्ख बहादुर निरौला आफ्नै घर छेउको नहरको पानीमा डुबेको अवस्थामा छिमेकीले फेला पारी तत्काल उपचारको लागि अस्पताल लगिएको थियो । उनको जिल्ला अस्पताल ईनरुवा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीलबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।