इटहरीः सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष विन्देश्वर यादव सहित २ सय भन्दा बढि नेता कथा कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । तत्कालिन संघीय समाजवादी फोरमबाट कोशी गाउँपालिका वडा नम्बर ८ को अध्यक्ष बनेका यादव हाल जनता समाजवादीका सक्रिय युवा मानिन्थे ।

यादव सहितको टोलीलाई सोमबार इटहरीमा आयोजना भएको वृहत पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका केन्द्रिय अध्यक्ष माधव कुमार नेपाललले अविर र खादाले स्वागत गरे । २०६४ सालबाट जनअधिकार फोरमको कार्यकर्ता रहेका यादव जनता समाजवादीका संघीय अध्यक्ष उपेन्द्र यादव निकट मानिन्छन् ।

प्रदेश पोर्टलसगँको कुराकानीमा यादवले सिद्धान्त र बिचार मन परेर नेकपा एकिकृत समाजवादी रोजेको बताए । कम्युनिष्ट झुकावको व्यक्ति भएको र सच्चा कम्युनिष्ट नेकपा एसनै रहेकाले पार्टीमा प्रवेश गरेको यादवले बताए ।

277574995_3155153541439560_636896863363575540_n

दुई तिहाईको सरकार भएकै बेला सरकारमा बसेर केहि नगर्ने अनि २ पटक सम्म जनताको सर्बोच्चता रहेको संसद विघटन गर्ने केपी ओली प्रवृतिको विरोध गर्न पनि आफु नेकपा एसमा प्रवेश गरेको यादवले बताए । “यदि केपी ओली सहि थिए भने १४९ जना सांसदहरु हस्ताक्षर बोकेर किन अदालत जानु पर्यो त?” यादवले प्रश्न गरे । केपी ओलीले नेकपा एमालेलाई पनि ध्वस्त पारेको यादवको टिप्पणी थियो ।

आफु अहिले नेकपा एसमा प्रवेश गरेको र आफ्नो पछाडी वडा सदस्य र अन्य वडाका अध्यक्षहरु पनि रहेको र उनिहरु पनि बिस्तारै नेकपा एसमा आउने यादवको दावी छ । नेकपा समाजवादीबाट आफु पाए वडा अध्यक्षमै प्रतिस्पर्धा गर्ने र यदि नपाए पार्टीले उठाएको उम्मेद्धवारलाई सघाउने मुडमा रहेको बताएका छन् ।