इटहरीः नेकपा माओवादी केन्द्रको अखिल नेपाल महिला संघ क्रान्तिकारीको सोमबार इटहरीमा भएको चौथो नगर भेलाले इटहरी ६ कि पुनम थापा मगरलाई नगर अध्यक्षमा चयन गरेको छ । उनको अध्यक्षतामा ८८ सदस्यीय नगर कमिटी गठन भएको छ ।
अनेम संघ क्रान्तिकारीको इटहरी उपमहानगर कमिटीको उपाध्यक्षमा गोमा उप्रेती, मन्दिरा राई र पलास चौधरी चयन भएका छन् । त्यसैगरि भेलाले सचिवमा सृजना राई, सह सचिवमा खुस्वु राई र कोषाध्यक्षमा लक्ष्मि भुजेललाई चयन गरेको छ ।
सदस्यहरुमा सीता शेर्पा राई, गोमा काफ्ले, अर्पणा मगर, चन्द्रा अधिकारी लगायत ८८ जना चयन भएका छन् ।
चौथो भेला अनेमसंघ क्रान्तिकारीकी केन्द्रिय सचिवालय सदस्य सपना सन्ध्या परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष तथा इटहरी नगर कमाण्ड प्रमुख शिवकुमार डाँगी बिशिष्ठ अतिथिका रुपमा सहभागी भएका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका इटहरी नगर अध्यक्ष ज्वालासिंह तामाङ, खेलकुद परिषद् केन्द्रिय सदस्य रितेश श्रेष्ठ, अनेमसंघ क्रान्तिकारीकी सुनसरी जिल्ला अध्यक्ष ज्योति लिम्बू लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सभापतित्व अनेमसंघ क्रान्तिकारी इटहरी उपमहानगर अध्यक्ष उमा राईले गरेकी थिइन् । कार्यक्रमको संचालन माओवादी केन्द्र इटहरी उपमहानगरकी सह सचिव सुशिला उप्रेतीले गरेकी थिइन् ।