इटहरीः सुहायो घाँगर, सुहायो चोली, त्यहिमाथि कोइल झैँ मिठो बोली
सहन्छु भोकतिर्खा सहन्छु गाली, किनकि म हुँ खाँटी नेपाली
गायीका सुनिता कट्वालले यो गीत गाइरहँदा दर्शक दिर्घाबाट पररर ताली बजिरहयो । कार्यक्रममा भेला भएका हजारौैँ दशर्कहरु इटहरीको दुर्गा पार्टी प्यालेसमा खचाखच थिए । गीत बजिरहँदा स्टेजमा बसेका प्रमुख अतिथी माधव कुमार नेपाल पनि बसिरहन सकेनन् भेलामा उपस्थित सँगै उठेर तालि बजाइरहे । प्रमुख अतिथीलाई तालि बजाउन साथ दिनेहरु उत्तिकै थियो हलमा बस्ने ठाउँ समेत नपाएर उपस्थितहरु कार्यक्रम हलको बाहिर बसेर समेत संगीतको मज्जा लिइरहेका थिए । संयोग जुराएको थियो नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी इटहरी उपमहानगर कमिटिले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमले ।
आफ्नो गीत प्रस्तुत गर्दै गायीका सुनिता कट्वालले आज सम्म कुनै राजनितिक पार्टीमा नलागेकी आफु समाजवादी नाराले आफुलाई आकर्षित गरेको बताइन् । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेता एंव प्रदेश एकका सामाजिक विकास मन्त्री राजन राईले आफुले लेखेको पार्टी गीत प्रस्तुत गरेर हललाई नै नचाए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रद्यानमन्त्री माधव कुमार नेपालले देश बनाउन भिजन र नयाँ नेपाल बनाउने संकल्प नेकपा एससँग भएको दावी गरे ।
प्रमुख अतिथीको मन्तव्य राख्दै पार्टी अध्यक्ष नेपालले नेकपा एस गफ गर्नेहरुको पार्टी नभएको बताउँदै एमालेको सुर्यमा ग्रहण लागिसकेको र अव देशको मुहार कलमले फेर्ने उद्घोष गरे । नेता नेपालले अल्पमतकै सरकारमा भएपनि आफुहरुले २०५१ सालमा थुप्रै विकासका काम गरेको र त्यसैको फलस्वरुप कम्युनिष्टहरुको सरकार लोकप्रिय हुन्छ भन्ने प्रमाणित भएपनि केपी ओलीले २ तिहाईको सरकार हुँदा पनि केहि गर्न नसकेको बताए ।
आफु प्रद्यामन्त्री भएकै बेला २०६६ सालमा जनता आवास कार्यक्रम सुरु गरेको बताउँदै शिक्षा स्वास्थ्यमा जनताले अवसर पाउनु पर्ने र त्यसमा नेकपा एकिकृत समाजवादि पार्टी कटिवद्ध भएको बताए ।
कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रकृती र संस्कृतिको दामासायी भाग लगाएर जनतालाई सुखी र समृद्ध बनाउने आफुहरुले समाजवादी यात्रा रोजेको बताउँदै पार्टीमा प्रवेश गर्ने जनतालाई उत्साहका साथ समाजवादी यात्रामा होमिएकोमा स्वागत गरेका थिए ।
त्यसैगरी कार्यक्रममा आफ्नो भनाई राख्दै पार्टीका प्रदेश एक अध्यक्ष एंव त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले प्रदेश एकको सगरमाथा र पानी मात्रै बेचेरै पनि देशभरीका जनतालाई मासुभात खान सक्ने अवस्थामा ल्याउन सकिने भएकाले त्यसको नेतृत् वगर्न नेकपा एकिकृत समाजवादी तयार भएको बताए । चौधरीले केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले अवको चुनावमा भुईमा पछारिने दावी गरे ।
यता कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य केशव कुमार बिष्टले इटहरीमा आजको जनलहरले हामी पनि नेतृत्व गर्न सक्षम छौँ भन्ने कुराको सन्देश दिने दावी गरे ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटि, सुनसरीका जिल्ला कमिटि सहित केन्द्रिय नेताहरु हजार भन्दा बढि कार्यकर्ताको उपस्थिती रहेको थियो । वृहत पार्टी प्रवेशको नाममा आयोजना गरिएको कार्यक्रममा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र अन्य पार्टीका गरी ८ सय ९३ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका थिए । पार्टीका इटहरी नगरकमिटि सचिव बसन्त श्रेष्ठले सञ्चालन गरेको कार्यक्रम नगरकमिटि अध्यक्ष गणेश बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको थियो ।