इटहरीः नेकपा एमाले र लोकतान्त्रिक समाजवादी सहित बिभिन्न पार्टीबाट ८ सय ९३ जना नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।

पार्टीमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई नेकपा एसका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रद्यानमन्त्री माधव कुमार नेपालले सोमबार इटहरीमा खादा र अविरसहित स्वागत गरेका छन् ।

नेकपा एसको इटहरी उपमहानगर कमिटिले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेबाट तीन सय दश जना र लोकतान्त्रिक समाजवादी फोरमबाट ५ सय ५३ जना र माओबादी, कांग्रेस र अन्य बाट ३० जना गरी ८ सय ९३ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

वृहत पार्टी प्रवेश कार्यक्रमको अबसर पारेर लोकतान्त्रिक समाजवादी पार्टीको ठुलो समुह नेकपा एसमा प्रवेश गरेको छ । पार्टी प्रवेश गर्नेमा लोसपाका प्रदेश सचिवालय सदस्य बिनोद कुमार तामाङ्ग लोसपाका इटहरी नगरकमिटि अध्यक्ष सुन्दरमणि राई, इटहरी नगरकमिटि सल्लाहाकार दिलिप राई, नविन राई, इटहरी नगरकमिटि सचिव नविन राई सहित सम्पुर्ण नगर कमिटि नेकपा एसमा समाहित भएको छ ।

IMG_9485

यसैगरी लोसपा कै क्षेत्र नम्बर ‘क’ का अध्यक्ष लक्ष्मी तामाङ्ग लगायत लोसपाको इटहरी वडा नम्बर १९, १७,१४, २०, १५ र ८ को सिँगो समुह नेकपा एसमा समाहित भएको छ । त्यसैगरी नेकपा एमालेका पुराना नेता एंव झापा आन्दोलनका सारथी विष्णु अधिकारी पनि सोमबारबाटै नेकपा एसमा समाहित भएका छन् भने नेकपा एमालेका नेता मोहन भण्डारी पनि नेकपा एसमै समाहित भएका छन् ।

त्यसैगरी , छिमेकि मुलुक भारतबाट आचार्य गरेको बुद्धिजिवी दावा जाम्पाल पनि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।

नव प्रवेशीलाई पार्टीका केन्द्रिय अध्यक्ष माधव नेपाल सहित केन्द्रिय सचिव तथा प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राई, प्रदेश एकका अध्यक्ष बलदेव चौधरी, पार्टी नेता एंव प्रदेश एकमा सामाजिक विकास मन्त्री राजन राई, केन्द्रिय सदस्य केशव कुमार विष्ट, महेश रेग्मी, पार्टीका सुनसर्री जिल्ला इन्चार्ज महफुज आलम लगायतका नेताले अविर र खादा माला सहित स्वागत गरेका थिए ।

IMG_9627

नव प्रवेशीलाई नेकपा एसमा स्वागत गर्दै पार्टीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गर्नेको लहर चलेको भन्दै लोकतन्त्रको रक्षा गर्न नेकपा एस रोजेकोमा सबैलाई बद्याई समेत व्यक्त गरेका थिए । कार्यक्रमको दोस्रो सत्रमा राखिएको पार्टी प्रवेश कार्यक्रमलाई पार्टीका इटहरी नगरकमिटि इन्चार्ज तथा प्रद्यापक केवल फुयाँलले संचालन गरेका थिए ।